दराजमार्फत सामान किन्दा अपाचे आरआर ३१० जित्न सकिने, टीभीएसका अन्य बाइकमा समेत नगद छुट

काठमाडौं – ‘नोभेम्बर ११’ अर्थात दराज डे पर्सि बुधबार आयोजना हुँदैछ । विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री प्लेटफर्म अलिबाबा अन्तर्गतको दराजले यो दिन सामान खरिद गर्ने ग्राहकका लागि लक्षित गर्दै बिभिन्न आकर्षक उपहार योजना ल्याएको छ । जसमध्ये एकजना भाग्यशाली विजेताले ८ लाख मूल्य बराबरको टीभीएस अपाचे आरआर ३१० जित्न सक्नेछन् ।

साथमा यो दिन अनलाइनमार्फत टीभीएस स्कुटर खरिद गर्दा ७ हजार र मोटरसाइकल खरिद गर्दा ९ हजार रुपैयाँ छुटको साथै २ हजार रुपैयाँ बराबरको दराज खरिद भौचर समेत प्राप्त गर्नेछन् । टीभीएसले हाल दसैंको आशा स्किम अन्तर्गत विभिन्न छुटहरु प्रदान गरिरहेको छ ।

ग्राहकहरुले नबिल बैंक, सनिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २० प्रतिशत (अधिकतम रु ३०००) सम्मको छुट पाउनेछन् । त्यस्तैगरी ग्राहकहरूले दराजमा ईसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन् ।

११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एसट्वेन्टी एफईको मूल्य ६९ हजार ९९९ मा पाउनेछन्। त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टीभीएस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्नेछ। दराजले ग्राहकहरुलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निःशुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट र वान रुपी गेम र मिशन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्राप्त गर्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...