हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता
काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...
धेरै व्यक्तिहरु नयाँ कार किन्न सक्दैनन् । दैनिक प्रयोजनका लागि अत्यावश्यक सवारी साधनको रुपमा कार प्रयोग गर्नेहरुले नयाँ भन्दा कम मूल्यमा उपलब्ध हुने पुराना अर्थात सेकेन्ड ह्यान्ड कार किन्न रुचाउँछन् ।
पुराना कार किन्दा नयाँ कार किन्दाको तुलनामा सस्तो अर्थात थोरै पैसा लाग्ने मात्र होइन, यसबाट अन्य धेरै फाइदा समेत भइरहेको हुन्छ ।
सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन व्यवसायीहरुको संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघका हालै नवनिर्वाचित अध्यक्ष रमेश कोइरालाले यस्ता गाडी किन्दा हुने १० फाइदालाई यसरी वर्णन गरेका छन् ः
१. रिकन्डिसन व्यवसायीहरुसँग धेरै पुराना गाडी मात्र हुँदैनन्, भर्खरै किनेर फेरि त्यसलाई बिक्रीका लागि राखेका गाडी समेत हुन्छन् । कसैले कुनै गाडी किनेको दुई तीन महिनामै पनि रिकन्डिसनमा राखेका हुन्छन् । यसले गर्दा पुरानै भए पनि त्यो गाडी नयाँ जस्तै हुन्छ । नयाँको तुलनामा धेरै सस्तो मूल्यमा त्यस्ता गाडी उपलब्ध हुन्छन् ।
२. गाडी आयातकर्ता कम्पनीहरुले नयाँ भनेर बेच्न राखेका गाडी पनि सोरुममा राखेको धेरै समय भइसकेको हुन्छ । यसले गर्दा ती गाडी नयाँ भने पनि बजारमा उपलब्ध भएको एक वा दुई वर्ष भइसकेको पनि हुन सक्छ । यसले गर्दा ती गाडी भन्दा सेकेन्ड ह्यान्ड गाडी नै नयाँ हुन सक्छन् । यो भन्दा पुराना गाडी त्यही मोडलको किन्दा कम मूल्यमै किन्न सकिन्छ ।
३. कतिपय सेकेन्ड ह्यान्ड गाडी धेरै नचलेको कन्डिसनका पनि हुन्छन् । सहरी क्षेत्रमा बस्ने व्यक्तिहरुले सामान्यतः कार्यालय जाने आउने र यस्तै केही कार्यमा मात्र प्रयोग गरेका हुन्छन् । त्यसैगरी एक व्यक्तिले धेरै गाडी प्रयोग गर्ने भएकाले सबै गाडी एकैपटक नचलाउदा थोरै मात्र गुडेका हुन्छन् । यसले गर्दा लामो समय भए पनि यी गाडी फ्रेस अवस्थामा हुन्छन् । यसले गर्दा राम्रो कन्डिसनको गाडी सहज तरिकाले पाउन सकिन्छ ।
४. नयाँ शिकारुहरुका लागि सेकेन्ड ह्यान्ड गाडी निकै नै उपयुक्त हुन्छ । पुरानो गाडी चलाउदै सिक्दै गर्दा खर्च पनि कम हुन्छ । पार्ट्स र अन्यमा समस्या आए पनि थोरै खर्चमा समाधान गर्न सकिन्छ । पछि सिकेर परफेक्ट भइसके पछि मात्र नयाँ गाडी किन्न सकिन्छ ।
५. सेकेन्ड ह्यान्ड गाडी बिक्रेताहरुले पुरानो गाडी बिक्री गरे पनि यसलाई समग्र रुपमा मर्मत गरी नयाँ जस्तै बनाएर राखेका हुन्छन् । यसले गर्दा तुरुन्तै मर्मत गर्नु पर्ने र अन्य झन्झट हुँदैन । नयाँ गाडीकै जस्तो सुविधा सहितको गाडी उपलब्ध हुन्छ ।
६. यस्ता गाडीका पार्ट्स र अन्य एसेसरिज पनि बजारमा सहजै उपलब्ध हुन्छ । पार्ट्स र अन्य सामग्री नपाउने समस्या हुँदैन । पार्ट्स पनि धेरै महंगो हुँदैन ।
७. सेकेन्ड ह्यान्ड गाडी थोरै मूल्यमै किन्न सकिने भएकाले धेरै पैसा खर्च गर्नु पर्दैन । बैंक वा कुनै निकायबाट ऋण लिनु पर्दैन । यदि कुनै व्यक्तिसँग नयाँ गाडी नै किन्ने पैसा छ भने सस्तो मूल्यमा पुरानो गाडी किनेर बाँकी रकमलाई अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ । मानौ, कुनै व्यक्तिसँग ४० लाख रुपैयाँ छ भने २० लाख रुपैयाँमा सेकेन्ड ह्यान्ड गाडी किनेर २० लाख रुपैयाँ अन्य कार्यमा उपयोग गर्न सकिन्छ । त्यसैगरी २० लाख मात्र छ र २० लाख ऋण लिने योजना बनेको थियो भने २० लाख ऋण लिने झन्झट नै भएन ।
८. सेकेन्ड ह्यान्ड कार बजारमा पनि आफूलाई चाहिएको रेन्ज अनुसारका गाडी उपलब्ध हुन्छन् । आफूले कुन मोडलको र कुन मूल्य रेन्जको गाडी चाहेको हो, त्यसै अनुसारको गाडी खोज्न सकिन्छ । नेपाली बजारमा सामान्यतः १० लाख देखि २० लाख रुपैयाँ सम्म मूल्यका गाडी सेकेन्ड ह्यान्ड बजारमा धेरै खोजी भएको पाइन्छ । यद्यपि यो भन्दा माथिको महंगो मूल्य र मोडल तथा विभिन्न ब्रान्डका गाडी प्रशस्तै पाइन्छन् ।
९. सेकेन्ड ह्यान्ड बजारमा पनि आफूले चढेको गाडी अपग्रेड गरेर अर्को गाडी लिन सकिनछ । मानौ अहिले २० लाख मूल्यको गाडी चढिरहेको छ र ४० लाख मूल्यको अर्को गाडी चढ्न मन लाग्यो भने त्यो पनि पाइन्छ ।
१०. बाइककै मूल्यमा पनि कार चढ्न पाइनु सेकेन्ड ह्यान्ड बजारको अर्को विशेषता हो । हाल नेपाली बजारमा पनि २० लाख, २५ लाख र त्यो भन्दा अझै महंगो मूल्यका बाइक उपलब्ध छन् । तर सेकेन्ड ह्यान्ड कार किन्न यति धेरै रकम खर्च गर्नु पर्दैन ।
काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...
साधारणतया कार खरिद गर्दा धेरै भन्दा धेरै फिचर भएको कारको छनौट गरिन्छ । तर...
काठमाडौं– कमर्सियल भेइकल उत्पादक आइसरले हरेक वर्ष मनाउने ‘पर्फमर अफ द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...