विश्वका मनमोहक १० माइक्रो कार, जसले कुनै बेला चर्चा पाएका थिए

दोस्रो विश्वयुद्ध पश्चात एक स्थानबाट अर्को स्थानमा जानका लागि सस्तो माइक्रो कार निकै नै लोकप्रिय रहे । कुनै जमानामा सानो तर मनमोहक माइक्रो कारले सबैको मन लोभ्याएको थियो । सन् १९४० देखि १९७० मा युरोपमा माइक्रो कार निकै लोकप्रिय सवारी साधन थियो । पहिलो माइक्रो कार जर्मनी र युकेमा निर्माण गरिएको थियो ।

१९६० सम्म यस्ता कार जर्मन र युकेमा निकै चर्चित रहे । मुख्यतया माइक्रो कारको डिजाइनले सबैलाई आकर्षित पारेको थियो । हाल युरोपमा माइक्रो कारको अस्तित्व नरहे पनि जापानले भने यस्तो अस्तित्वलाई जोगाइ राखेको छ ।

क्रस्ली हट शट – यूएसए
अमेरिकाको पहिलो स्पोर्ट कार समेत भनिएको यो कार हेर्दा विशेष आकर्षक त थिएन, तर यो सस्तो र चढ्दा आनन्द आउने भएकाले निकै नै चर्चित बनेको थियो ।

विशेषगरी दोस्रो विश्व युद्धमा सामान ढुवानीको लागि निर्माण गरिएको सो कारमा केही अपडेट गरिएको थियो । सन १९४९ मा सो कारलाई खेलकुदको लागि निर्माण गरियो । सो कारको कुल तौल ५ सय किलोग्रामको रहेको छ । जसमा २६ एचपीको इन्जिन समावेश गरिएको थियो । १९५२ मा सो कार बन्द हुनु भन्दा पहिला २५०० युनिट बिक्री गरिएको थियो ।

गोगोमोबिल डार्ट – अष्ट्रेलिया
एक अद्वितीय र मनमोहक कार गोगोमोबिल डार्ट अस्ट्रेलियाले बनाएको थियो । यसमा फाइबरग्लास प्रयोग गरिएको थियो । सो कार जर्मन निर्मित च्यासिसको माथि निर्मित थियो । ५० को दशकमा माइक्रोकार युरोपमा लोकप्रियता देखेर अस्ट्रेलियाले सो कार निर्माण गरेको थियो । सन १९५८ मा सो कारको युनिक डिजाइन गरिएको थियो । १९६१ सम्म सो कार अष्ट्रेलियामा बिक्री गरिएको थियो ।

फ्रिस्की स्पोर्ट – इंग्ल्यान्ड
सो कारको नामले कार्टुन कारको सम्झना दिलाउछ । फ्रिस्की स्पोर्ट एक बेलायती माइक्रोकार थियो जसले चरित्र र आश्चर्यजनक सफलताको प्रशारण गर्दछ । सो कार इटालियन डिजाइनर जियोवानी मिशेलोटीद्वारा डिजाइन गरिएको थियो । सो कार पहिलो पटक १९५७ मा उत्पादन गरिएको थियो । आकर्षक फ्रिस्की स्पोर्टले अन्य फ्रिस्की मोडलहरू बढाएको थियो । जसमा “फ्रिस्की परिवार तीन“ नामको प्रख्यात नाम थियो ।

ब्रुत्स मोपेटा – जर्मनी
ब्रुत्स मोपेटा एक पुरानो कार्टुनबाट बाहिर निस्केको माइक्रो कार जस्तो देखिन्थ्यो । सो कार सन १९५६ मा निर्माण गरी १९५८ मा बन्द भएको थियो । सो माइक्रो कारमा २ एचपीको मोटर जडान गरिएको थियो । यसको बडी फाइबरग्लासबाट निर्मित थियो । सो कार १४ युनिट मात्र उत्पादन गरिएको थियो ।

एभोलेट रेकर्ड डी लक्स – फ्रान्स
एभोलेट रेकर्ड डी लक्स एक विलक्षण अनौंठो देखिने माइक्रोकार थियो । ब्रुत्सेले सो कारको डिजाइन फ्रान्सेली सोसाइटी एयर टुरिस्टलाई बेचिएको थियो । जसले लाइसेन्स प्राप्त सेस्ना हवाईजहाज पनि निर्माण गथ्र्यो । सो कार १९५६ मा ३० युनिट मात्र निर्माण गरिएको थियो । सो कारमा १४ एचपीको मोटर प्याक गरिएको थियो । साथमा अविश्वसनीय अनौंठो डिजाइनको थियो ।

कापी चिकी – स्पेन
कापी चिकी एक स्पेनिस ब्रान्ड थियो । सानो अण्डा आकारको चिजलाई चिकी भनिन्छ । कापीको पहिलो प्रोटोटाइप १९५० मा बनाइएको थियो र १९५१ मा कपिसकुटर माइक्रोकारको परिचय दिइयो । जसले निकै सफलता पाएको थियो । यद्यपी कापी चिकी १ वर्ष पछि बन्द भएको थियो ।

पियाजियो एप – इटली
पियाजियो एपको अर्थ इटालियनमा “माहुरी“ हो । सो कार साधारण भेस्पा स्कूटरमा आधारित कार थियो । सो कारले ७० वर्षसम्म सफलता पाएको थियो । सो कार पिकअप ट्रक, व्यावसायिक भ्यान, मोबाइल कफीको रूपमा प्रयोग भइरहेको छ । एपी एक सानो तर सक्षम सवारी साधन हो जुन आजसम्म इटालीभरि देख्न सकिन्छ ।

सेल बादल – भारत
सन् १९७४ मा बैंगलोरमा सेल बादल निर्माण गरिएको थियो । सो कारमा १२ एचपीको इटालियन इन्जिन र एउटा अनौंठो फाइबरग्लास प्रयोग गरिएको छ । सो कारले भारतमा खासै सफलता हासिल गर्न सकेन । जसको कारणले गर्दा सो कार चाँडै बन्द गर्नु परेको थियो ।

सुबारु भिभियो सुपर केके – जापान
यो कार ¥यालीमा प्रयोग गर्नका लागि बनाइएको थियो । यद्यपि यी मध्ये ३ कार मात्र सन् १९९३ को सफारी ¥यालीमा प्रवेश गरे । तर पनि सफलता प्राप्त गर्न सकेनन् । पछि केही समयमै यसको उत्पादन बन्द गरियो ।

माज्दा अटोजाम एजेड १ – जापान
अटोजम एजेड –१ ९० को दशकमा जापानमा निर्क चर्चित कार थियो । सो कार पिन्ट आकारको स्पोर्ट्स कार थियो । माज्दाको अटोजम ब्रान्ड १९९२ मा राम्रो बिक्री भएको थियो । यसमा ६३ एचपीको इन्जिन समावेश गरिएको थियो ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...