यस्तो छ हालै नेपाल भित्रिएको यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५०

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० केही दिन पहिले देखि बिक्रीका लागि उपलब्ध छ । डर्ट बाइक सेगमेन्टको सो बाइक नेपाली बजारमा उपलब्ध भए पश्चिात यो सेगमेन्टमा अर्को प्रोडक्ट उपलब्ध भएको छ ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले देशभरका विभिन्न डिलरहरुमा सो बाइक बिक्रीका लागि उपलब्ध गराएको छ ।

नेपाली बजारमा यो भन्दा पहिले १२५ सीसीको यामाहा एक्सटीजेड उपलब्ध छ । अब अलि माथिल्लो भर्सन चाहनेका लागि यो १५० सीसीमा उपलब्ध छ ।

अफरोड तथा एड्भेन्चर बाइकको रुपमा पहिचान कायम गरेको सो बाइकमा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा १२.३ बीएचपी र ६००० आरपीएममा १२.७५ एनएम टर्क जेनेरेट गर्छ ।

२३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने ह्वीलबेस १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ ।

अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनोक्रस रियर स्केल सस्पेन्सन रहेको छ ।

यसको मूल्य ४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

यामाहाको यो बाइक पनि फ्युल इन्जेक्सन अर्थात एफआई टेक्नोलोजीमा आधारित छ ।

हाल नेपाली बजारमा होन्डा एक्सआर १५०एल र एक्सआर १९०एल आदि बाइक उपलब्ध छन् । यामाहाको यो बाइकले दुवै बाइकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको कम्पनीको दावी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...