आज भारतमा यामाहा एमटी–१५ लन्च हुने, यस्ता छन् विशेषता

भारतीय बजारमा आज यामाहा एमटी–१५ बाइक लन्च हुने भएको छ । सो बाइकको फ्रन्ट लुक निकै नै आक्रामक छ ।

अगाडिबाट हेर्दा यो बाइक जेटबोट जस्तै देखिन्छ । १५० सीसी इन्जिनयुक्त सो बाइकमा मोनोफोकस एलईडी हेडल्याम्प र सिंगल सिट लेआउट उपलब्ध छ ।

यामाहा एमटी–१५ मा १० लिटरको इन्धन ट्यांकी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ११० ७० टायर साइजका साथ १७ इन्च एलोई ह्विल र पछाडि १४० ७० साइजको टायर उपलब्ध छ ।

यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम छ । यसको ह्विलबेस १३३५ एमएमको छ ।

यामाहा एमटी–१५ को सिटको उचाई ८१० एमएम, ग्राउन्ड क्यिरेन्स १६० एमएम र टर्निङ रेडियस २.४ मिटर छ । यसको वजन २८८ किलोग्राम छ । यसको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ ।

यामाहा एमटी–१५ मा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । ६–स्पिड ट्रान्समिसनयुक्त सो इन्जिनले १९ बीएचपी पावर र १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्युल इन्जेक्सन, सिंगल ओभरहेड क्यामसाफ्टका साथ फोर भल्व हेड, ड्युअल च्यानल एबीएस उपलब्ध हुनेछ ।

यामाहाको यो नयाँ बाइकको मूल्य करिब १ लाख २० हजार भारु तोकिने अनुमान गरिएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुस्

Subscribe Now