भारतमा लन्च भयो बहुप्रतिक्षीत यामाहा एमटी–१५, मूल्य १ लाख ३६ हजार भारु

लामो समय देखि प्रतीक्षातर यामाहा एमटी–१५ बाइक भारतमा लन्च भएको छ । दिल्ली एक्स सोरुममा यसको मूल्य १ लाख ३६ हजार भारु तोकिएको छ ।

केही समय पहिले लन्च गरिएको यामाहा एमटी–९ को डिजाइनबाट यो बाइक धेरै प्रभावित छ । भारतमा केही समय पहिले लन्च गरिएको आर१५ भी३ भन्दा यो ३ हजार भारुले कम मूल्यमा उपलब्ध भएको छ ।

यामाहा एमटी–१५ मा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । ६–स्पिड ट्रान्समिसनयुक्त सो इन्जिनले १९.३ बीएचपी पावर र १.७ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी यसमा स्लिपर क्लच रहेको छ ।

यसमा फ्युल इन्जेक्सन, सिंगल ओभरहेड क्यामसाफ्टका साथ फोर भल्व हेड, ड्युअल च्यानल एबीएस उपलब्ध हुनेछ । सो बाइकको फ्रन्ट लुक निकै नै आक्रामक छ ।

अगाडिबाट हेर्दा यो बाइक जेटबोट जस्तै देखिन्छ । १५० सीसी इन्जिनयुक्त सो बाइकमा मोनोफोकस एलईडी हेडल्याम्प र सिंगल सिट लेआउट उपलब्ध छ ।

यामाहा एमटी–१५ मा १० लिटरको इन्धन ट्यांकी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ११०/७० टायर साइजका साथ १७ इन्च एलोई ह्विल र पछाडि १४०/७० साइजको टायर उपलब्ध छ ।

यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम छ । यसको ह्विलबेस १३३५ एमएमको छ ।

यामाहा एमटी–१५ को सिटको उचाई ८१० एमएम, ग्राउन्ड क्यिरेन्स १६० एमएम र टर्निङ रेडियस २.४ मिटर छ । यसको वजन २८८ किलोग्राम छ । यसको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ ।

यसको प्रतिस्पर्धा टीभीएस अपाचे आरटीआर २०० ४भी एबीएस र बजाज पल्सर एनएस२०० एबीएस तथा केटीएम १२५ ड्युकसँग हुनेछ । यी बाइकको मूल्य क्रमशः १ लाख ११ हजार, १ लाख १२ हजार र १ लाख १८ हजार भारु छ ।

Subscribe Now