यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु, अनमोल केसीले गरे उद्घाटन : यामाहा एफजेड–एक्स मुख्य आकर्षण
काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र स्कुटरको इन्जिन प्रविधिमा भित्रिएका विभिन्न नयाँ प्रविधि मध्ये एफआई इन्जिन पनि एक हो । पहिले कार्बुरेटरमा आधारित इन्जिन प्रयोग भएका मोटरसाइकल प्रयोग गरेका राइडरहरु अहिले एफआई प्रविधि भएका मोटरसाइकल चढे पछि निकै नै खुसी हुन्छन् ।
यही कुरालाई मनन गरी बजारमा विभिन्न ब्रान्डका मोटरसाइकल र स्कुटर भित्रिए पनि त्यसमा एफआई इन्जिन छ कि छैन भन्ने वारेमा धेरैले चासो दिएको पाइन्छ । यामाहाले आफूलाई एफआई इन्जिनको लिडर नै बताउने गरेको छ ।
नेपाली बजारमा पनि यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् र ती मोडलमा एफआई इन्जिन छ ।
यी हुन् एफआई इन्जिनयुक्त लोकप्रिय मोडल र मूल्य
यामाहाले एफजेड सिरिजका विभिन्न मोडलमा एफआई इन्जिन उपलब्ध गराएको छ । यामाहा एफजेड एफआई भी२, एफजेड–२५ एफआई, एफजेडएस एफआई भी२, एफजेडएस एफआई भी३ बीएस६ का साथै एक्सटीजेड १५० एफआई मोटरसाइकलमा समेत यो इन्जिन उपलब्ध छ ।
यी मध्ये सबैभन्दा कम मूल्यको मोटरसाइकल एफजेड एफआई भी२ हो र यसको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा बढी मूल्यको मोटरसाइकल एफजेड–२५ एफआई हो । यसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ छ ।
त्यसैगरी यामाहा एक्सटीजेड १५० एफआईको मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ छ ।
स्कुटर सेगमेन्टमा यामाहाका फेसिनो १२५ एफआई बीएस६, रे जेडआर १२५ एफआई बीएस६ र रे जेडआर स्ट्रिट ¥याली बीएस६ उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख ७९ हजार ९ सय, २ लाख ७४ हजार ९ सय र २ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।
एफआई इन्जिनका फाइदा
समय र आवश्यकता अनुसार थोरै समयमा इन्धन र हावाको समिश्रणलाई इन्जिनमा पठाएर कमभन्दा कम इन्धन खर्च गरि वातावणीय प्रदूषण कम गराउने कार्य एफआई इन्जिनले गर्छ । यसमा इग्निसन च्याम्बरमा सिधै इन्धन प्रवेश हुन्छ । यसमा ८ वटा विभिन्न सेन्सरहरू लगाइएका हुन्छन् । जसले ८ तरिकाले सवारी, स्पिड, वातावरण, बाहिरी तापक्रम, एक्सिलरेसनको मात्रा आदिका आधारमा इन्धन र हावाको मिसावटको निर्धारण गर्ने गर्छ । यसमा कार्बुरेटरको जस्तो सधै समान समिश्रण हुँदैन ।
एफआई प्रविधिमा हावा र इन्धनको मिश्रण आवश्यकता अनुसार रियल टाइममा थपघट हुने गर्छ । यसले गर्दा जाडो वा गर्मी जुनसुकै मौसममा पनि सहज तरिकाले बाइक चलाउन सकिन्छ । कार्बुरेटरमा भने जाडो मौसममा स्टार्ट गर्न असहज हुने गर्छ ।
एफआई प्रविधीले एक्सिलेटर बढाउँदैमा इन्धनको फ्लोलाई मात्र बढाउँदैन । यसले त कति मात्रामा इन्धन र हावाको आवश्यक्ता हुन्छ उक्त कुरा निर्धारण गरेर मात्र आवश्यक मात्रामा इन्धन खर्च गराउँछ । फलस्वरुप कम इन्धनमा धेरै यात्रा गर्न सम्भव हुन्छ, वातावरण जोगाउँछ, सवारीको माइलेज १४ प्रतिशत सम्म बढाउछ । सवारीसाधनको सँचालन खर्च घटाउछ ।
एफआई प्रविधिले मोटरसाइकल आवश्यकताभन्दा बढी ढल्किएमा इन्धनको फ्लोलाई रोकिदिने काम पनि गर्छ । जसको सहयोगले मोटरसाइकल लडेमा पनि इन्धनको ओभर फ्लो हुन बाट जोगाउँछ ।
फ्युल इन्जेक्सन इन्जिनमा फ्युल बडी र थ्रोटल बडी गरी दुई मुख्य भाग हुन्छन् । यसले गर्दा सफा गर्न र मर्मत गर्न पनि फ्युल इन्जेक्सन इन्जिन सहज हुन्छ ।
काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...
यामाहाले थाइल्याण्ड मोटर एक्सपोमा पहिलो पटक एक्सएसआर १५५ सार्वजनिक गरेको...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...