tvs-race

यामाहाले दुई बाइक एफजेड २५ र एफजेडएस २५ को बीएस६ कम्प्याक्ट मोडल लन्च गरेको छ । बीएस६ यामाहा एफजेड २५ को मूल्य १ लाख ५२ हजार भारु रहेको छ । बीएस६ यामाहा एफजेडएस २५ को मूल्य १ लाख ५७ हजार भारु रहेको छ ।

बीएस६ एफजेड २५ र एफजेडएस २५ गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । यामाहा एफजेड २५ बाइक मेटेलिक ब्ल्याक र रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ । यामाहा एफजेडएस २५ तीन रङमा उपलब्ध रहेको छ । यसमा पेटिना ग्रीन, ह्वाइट भमिलियन र डार्क मेट ब्लु समावेश रहेको छ ।

यामाहाको सो दुबै बाइकमा फ्युल इन्जेक्सन अर्थात एफआई टेक्नोलोजीको साथमा बीएस६ कम्प्लायन्ट २४९ सीसी एयर कुल्ड, एसओएचसी, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन समावेश छ । सो इन्जिनले ८००० आरपीएममा २०.८ पीएसको पावर र ६००० आरपीएसमा २०.१ एनएमको टर्क जेनेरेट गर्छ । सो दुबै बाइकमा ड्युअल च्यानल एबीएस समावेश रहेको छ । एफजेड २५ भर्सन १५३ किलोग्राम र एफजेडएस २५ १५४ किलोग्राम रहेको छ ।

सो अपडेटेड मोडलमा मल्टी फंक्सन नेगेटिभ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी डीआरएल, क्लास डी बाइ फक्शनल एलईडी हेडल्याम्प, अन्डर काउलिङ र इन्जिन कट अफ स्विचको साइड स्ट्यान्डर्ड जस्ता फिचर रहेको छ । एफजेडएस २५ मा भाइजर, ह्यान्डल ग्रिप्समा ब्रश गार्डस र गोल्डेन अलोय ह्वील समावेश रहेको छ ।

Motorhead

यामाहाको सो बाइक हाल भारतमा सबैभन्दा सस्तो २५० सीसी बाइक रहेको छ । सो बाइकको बजाज डोमिनार २५०, सुजुकी जिक्सर २५०, सुजुकी जिस्कर एसएफ २५० सँग प्रतिस्पर्धा हुनेछ ।

सो बाइक केही समय पश्चात नेपाली बजारमा समेत आउने सम्भावना हुन्छ ।