tvs-race

तपाई यामाहा फेसिनो १२५ एफआई स्कुटर किन्ने विचारमा हुनुहुन्छ ? नेपाली बजारमा यामाहाको फेसिनो र फेसिनो १२५ एफआई गरी दुई मोडलका यामाहा फेसिनो स्कुटर उपलब्ध छन् ।

एफआई इन्जिन सहितको फेसिनो स्कुटर हालै मात्र नेपाली बजारमा उपलब्ध भएको हो । यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ छ ।

त्यसो भए आवश्यकता अनुसार हाल यामाहाले उपलब्ध गराइरहेको विभिन्न अफर मध्ये एक छनोट गर्न सक्नु हुन्छ ।

नेपालमा यामाहाको बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले असहज परिस्थिति, सहज समाधान भनेर नयाँ स्किम ल्याएको छ ।

कुनै ग्राहकले यामाहा फेसिनो १२५ एफआई स्कुटर किन्न चाहेमा पनि तीन प्रकारका अफर मध्ये एक छान्ने सकिने छ । शुन्य प्रतिशत डाउन पेमेन्टमा सो स्कुटर लिन चाहेमा शुरुमा कुनै पैसा बुझाउनु पर्दैन । ३६ महिना सम्म प्रतिमहिना ८ हजार ८३९ रुपैयाँको दरले किस्ता बुझाउन सकिन्छ ।

शुन्य प्रतिशत डाउनपेमेन्ट अन्तर्गत कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुलाई शुरुमा कुनै पैसा नतिरेरै बाइक वा स्कुटर उपलब्ध गराइने छ । यो स्किम अन्तर्गतको ग्राहकले केही पैसा शुरुमा बुझाएमा त्यही अनुसारको किस्ता पनि कम हुने र ब्याज पनि कम लाग्ने छ ।

त्यसैगरी दोस्रो स्किम अन्तर्गत १० वा २५ प्रतिशत डाउन पेमेन्टमा स्कुटर लिन सकिने छ । १० प्रतिशत डाउन पेमेन्ट स्थायी बसोबास भएको र २५ प्रतिशत डाउन पेमेन्ट अस्थायी बसोबास भएकोलाई उपलब्ध गराइने छ । यो भन्दा बढी डाउन पेमेन्ट तिरे पछि त्यही अनुसार ब्याज कम हुने बताइएको छ । त्यसैगरी स्थायी बसोबास भएकोले ३६ महिना र अस्थायी बसोबास भएकोले ३० महिनामा किस्ता तिर्ने गरी स्किम मिलाइएको छ ।

१० प्रतिशत डाउन पेमेन्ट गर्दा शुरुमा २४ हजार ७९० रुपैयाँ बुझाउनु पर्छ । पहिलो वर्ष प्रत्येक महिना ९ हजार ३३२ र त्यसपछि ७ हजार ७१ रुपैयाँ बुझाउनु पर्छ । त्यसैगरी २५ प्रतिशत डाउन पेमेन्ट गर्दा शुरुमा ६१ हजार ९७५ रुपैयाँ बुझाउनु पर्छ । किस्ताको रुपमा प्रतिमहिना ७ हजार ५६० रुपैयाँ बुझाउनु पर्छ ।

शुन्य प्रतिशत ब्याज दर अन्तर्गतको सुविधामा पनि यो स्कुटर खरिद गर्न सकिन्छ । तर यसका लागि शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ । यसो हुँदा शुरुमा १ लाख २३ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ । बाँकी पैसा प्रत्येक महिना १० हजार ३२९ रुपैयाँको दरले १२ महिनामा तिरेर चुक्ता गर्न सकिन्छ ।

यो भन्दा बाहेक अर्को स्किम पनि उपलब्ध छ । यस अन्तर्गत सबै पैसा शुरुमै बुझाउदा १० हजार रुपैयाँ छुट हुन्छ । यसको अर्थ कुनै ग्राहकले सबै पैसा चुक्ता गरेर यामाहा फेसिनो एफआई १२५ स्कुटर खरिद गर्न चाहेमा २ लाख ३७ हजार ९ सय रुपैयाँ यसको मूल्य हुनेछ ।