tvs-race

काठमाडौं – यामाहाको १२५ सीसी सेगमेन्टको पहिलो स्कुटर फेसिनो १२५ लाई लकडाउनले गम्भीर धक्का दिएको छ ।

नेपालभर रहेका यामाहाका सोरुममार्फत बुकिङ खुलाएर औपचारिक लन्च गर्ने तयारी रहेको समयमा कोरोना भाइरसको डरका कारण देशभर भएको लकडाउनले यसलाई असर पु-याएको थियो ।

अब लकडाउन खुल्ना साथ यसको लन्चिङ पनि हुनेछ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमडडब्ल्यु इन्टरप्राइजेजले सो स्कुटरको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ ।

यामाहाले गत डिसेम्बरमा भारतीय बजारका लागि १२५ सीसीको फेसिनो स्कुटरका साथ यो सेगमेन्टमा प्रवेश गरेको थियो । यो भन्दा पहिले ११० सीसीमा फेसिनो स्कुटर उपलब्ध थियो । त्यसैले उच्च क्षमता सहितको पहिलेकै फेसिनोको भर्सन भन्न सकिन्छ । तर यसमा केही परिवर्तन भने गरिएको छ ।

फेसिनो रेट्रो लुक भएको युनिसेक्स स्कुटर हो । १२५ सीसीको सो इन्जिनले ८.१ बीएचपीको पावर र ९.७ एनएमको टर्क जेनेरेट गर्छ र यो पहिला भन्दा १ पीएस र १.६ एनएम बढी रहेको छ । स्कुटरले पहिलाको भन्दा १६ प्रतिशत बढी माइलेज दिने कम्पनीले दावी गरेको छ । सो स्कुटर ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।

फेसिनोमा १२५ सीसीको एयरकुल्ड, एफआई इन्जिन रहेको छ । त्यसैगरी यसमा स्टप एन्ड स्टार्ट सिष्टम छ, जसले इन्जिनलाई पुरै बन्द हुन दिदैन । यसका कारण रेडलाइट र ट्राफिक जामको समयमा रोकिदा सेन्सरको सहयोगले स्वचालित रुपमा बन्द हुन्छ ।

स्कुटर पहिलाको भन्दा ४ किलोग्राम कम वजन रहेको छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा सिंगल शक एब्जर्वर समावेश गरिएको छ । स्कुटरमा नयाँ एलईडी डीआरएलएस र फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ ।