यामाहाले जापानमा सार्वजनिक ग-यो नयाँ ई–भिनो इलेक्ट्रिक स्कुटर

ISUZU

thee-go
yamaha-nepal
tvs-race

यामाहाले जापानी बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ई–भिनो सार्वजनिक गरेको छ । यामाहा ई–भिनो इलेक्ट्रिक स्कुटरको जानकारी २०१८ मा नै दिइएको थियो । २०१८ देखि यसको कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको थिएन ।

ई–भिनोको तौल ६८ किलोग्राम रहेको छ । यसमा ५० भोल्ट लिथियम आयोन व्याट्री समावेश गरिएको छ । जसले स्कुटरको तौल ६ किलोग्राम बढाएको छ । सो बाइक शहरी क्षेत्रको लागि निर्माण गरिएको हो । सो बाइकले फुल चार्जमा २९ किलोमिटरको रेन्ज तय गर्छ । यसमा रहेको अप्सनल स्पेयर व्याट्रीको सहयोगले ५८ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । यसको व्याट्री चार्ज हुनको लागि ३ घन्टाको समय लाग्छ । साथै सो व्याट्री सजिलै रिप्लेस गर्न पनि सकिन्छ ।

ई–भिनो इलेक्ट्रिक स्कुटरको फ्रन्टमा कार्गाे टोकरी पनि समावेश छ । यसमा डिजिटल ड्यासबोर्ड समावेश गरिएको छ । सो स्कुटर विशेष गरी अफिसियल कामको लागि उपयोग गर्न सकिन्छ ।

यसमा एलसीडी डिस्प्ले समावेश गरिएको छ । यसमा स्ट्यान्डर्ड र पावर मोड पनि समावेश गरेको छ । सो स्कुटरको मूल्य २ लाख ५९ हजार ६०० येन तोकिएको छ । सो स्कुटर व्यक्तिगत प्रयोगको लागि मात्र उपयोग गर्न सकिन्छ ।

जापानमा लन्च गर्ने योजनाका साथ सार्वजनिक गरिएको यो स्कुटर नेपाल वा अन्य देशमा आउने वा नआउने भन्ने वारेमा भने अझै केही सार्वजनिक गरिएको छैन ।

 


Subscribe Now