यामाहाले १ करोड युनिट बाइक उत्पादन ग-यो भारतमा

यामाहाले भारतमा १ करोड युनिट बाइक र स्कुटर उत्पादन गरेको छ । सन् १९८५ मा उत्पादन थालेको यामाहाले अहिले यो माइलस्टोन हासिल गरेको हो ।

कम्पनीले चेन्नाईस्थित फ्यासिलिटीबाट एक करोडौं युनिटको रुपमा एफजेडएस–एफआई भी ३.० बाइक उत्पादन गरेको छ । यामाहाको चेन्नाईका साथै सुरजपुर र फरिदाबादमा समेत म्यानुफ्याक्चरिङ फ्यासिलिटिज छन् । यी सबै कारखानाबाट कम्पनीले यति धेरै यामाहा बाइक र स्कुटर उत्पादन गर्न सफल भएको हो ।

यामाहाले भारतमा अर्को उपलब्धि पनि हासिल गरेको छ । यामाहाले सन् २०१२ देखि हाल सम्म ७ वर्षको अवधिमा ५० लाख युनिट बाइक र स्कुटर उत्पादन गर्न सफल भएको छ । यी सबै मध्ये स्कुटर सेगमेन्टको हिस्सा ४४ प्रतिशत छ ।

कुल बाइक र स्कुटर मध्ये ८० प्रतिशत सुरजपुर र फरिदाबादबादको प्लान्टबाट र बाँकी चेन्नाइ प्लान्टबाट उत्पादन भएको कम्पनीले जनाएको छ ।
यसअघि सन् १९९९ मा सुरजपुर प्लान्टले १० लाख युनिट उत्पादन भएको घोषणा गरेको थियो भने, २०१२ मा ५० लाख ।

यामाहाले यसको पछिल्लो भर्सनको बाइकको रुपमा गत मार्च महिनामा एमटी–१५ लन्च गरेको थियो ।

Subscribe Now