Apache Race Track Experience

काठमाडौं – चिनियाँ टेक कम्पनी शाओमीले एयर पम्प ल्याएको छ ।

यसलाई टायरमा हावा भर्नको लागि प्रयोगगर्न सकिन्छ । यसमा बिल्ट इन प्रेसर सेन्सर राखिएको छ भने यसले टायरमा आवश्यकताअनुसार सिधै हावा भर्न सक्छ ।

यो डिभाइसका साथमा ग्राहकले दुई साइजका पिनहरु प्राप्त गर्न सकिन्छ र यसका साथमा यूएसबी चार्जिङ केबुल र क्यारी पाउच समेत उपलब्ध हुन्छ ।

यो हावा भर्ने पम्पमार्फत फुटबल, साइकल वा कारको टायरहरुमा हावा भर्न सकिन्छ । यो डिभाइसलाई एक पटक पुरै चार्ज गर्दा ५ वटा कारको टायरहरु अथवा ८ वटा साइकलको टायर अथवा ७ वटा फुटबलमा हावा भर्न सकिन्छ ।

टायरमा हावा पर्याप्त भएपछि यो अटोमेटिक रुपमा आफैँ रोकिन्छ । तर त्यसको लागि युजरले सेटिङ गर्नुपर्ने हुन्छ ।

यसलाई सजिलै बोकेर जहाँपनि लैजान सकिन्छ भने यसलाई निरन्तर टायरहरुमा हावा भर्दा पनि नतात्ने किसिमले बनाइएको कम्पनीको दाबी छ ।

यो डिभाइस २,००० एमएएच क्षमताको दुई रिचार्जेबल ब्याट्रीबाट संचालन हुन्छ । यसको मूल्य १९९ चिनियाँ युआन तोकिएको छ ।