चीनमा बन्यो विश्वकै लामो समुद्री पुल

ISUZU

tvs-race
yamaha-nepal
thee-go
चीनमा हङकङ–जुहेई–मकाउ ब्रिज सञ्चालनमा आएको छ । समुद्र हुँदै जाने यो विश्वकै सर्बाधिक लामो पुल हो । पुलको लम्बाई ५५ किलोमिटर छ । सो पुलबाट प्रतिदिन चार हजार सवारी साधन पार गर्न सक्छन् । यद्यपि आगामी जुलाई देखि यो सर्वसाधारणका लागि खुला हुनेछ ।

पुलमा पैदल हिड्न र दुई पांग्रे सवारी साधन जान रोक लगाइने छ । पुल ६ लेनको छ । हङकङबाट मकाउ जान पहिले तीन घण्टा दूरी भएकोमा अब घटेर आधा घण्टा मात्र लाग्ने भएको छ । सो पुलले हङकङ वाहेक अन्य ११ सहरलाई समेत जोड्ने छ ।

विश्वका सर्बाधिक ठूला ९ पुल मध्ये चीनमा मात्र ६ वटा छन् ।

Subscribe Now