tvs-race

के कारमा ट्याटु कोर्न सकिन्छ ? अवश्य पनि सकिदैन ।

मानिसको छाला जस्तो नरम र प्वाल पार्न सकिने पदार्थ कारमा नहुने भएकाले यसमा ट्याटु बनाउन अप्ठ्यारो हुन्छ । तर कार निर्माता कम्पनी लेक्सस र अनुभवी ट्याटु कलाकार क्लाउडिया डी सेबले यस कुरालाई सम्भव बनाएका छन् ।

यसका लागि ६ महिनाको प्रोजेक्ट तयार गरिएको थियो । यस अन्तर्गत सातामा ५ दिन दैनिक रुपमा ८ घण्टा काम गर्नुपरेको थियो । यसको नतिजा स्वरुप लेक्ससले ‘विश्वकै पहिलो ट्याटुयुक्त कार’ निर्माण गर्न सफल भएको छ ।

ट्याटुका लागि प्रयोग गरिने निडलको सट्टा क्लाउडियाले ड्रमेल ड्रिल भनिने पदार्थ प्रयोग गरेकी थिइन् । यसका लागि उच्च गुणस्तरीय पेन्टको पाँच लेयर प्रयोग गरिएको छ । त्यसपछि गोल्ड लिफ डिटेल र अन्त्यमा प्रोटेक्टिभ लेयरको प्रयोग गरिएको छ ।

यी सबै कार्यका लागि १ लाख २० हजार पाउन्ड खर्च भएको छ । कारको मूल्य भन्दा पनि ट्याटुको मूल्य महंगो ? हो, कारको प्रारम्भिक मूल्य भन्दा ट्याटुको मूल्य महंगो छ ।