वल्र्ड मोटरसाइकल डेको अवसरमा छलफल

ISUZU

tvs-race
yamaha-nepal
thee-go

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नासा बुलेट क्लबको संयोजनमा ‘वल्र्ड मोटरसाइकल डे’ को अवसरमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा मोटरसाइकल र मोटरसाइकलसँग सम्बन्धित विविध समस्याका वारेमा उक्त अवसरमा छलफल भएको थियो ।

मोटरसाइकल एउटा छरितो साधनको रुपमा मात्र नभएर यसलाई एउटा स्पोर्ट्सको रुपमा पनि विकास गर्न सकिन्छ र नेपालमा पछिल्लो समयमा यो ट्रेन्ड समेत विकास भइरहेको बक्ताहरुले आफ्नो धारणा राखेका थिए । खासगरी रोयल इन्फिल्ड अर्थात बुलेट, डुक्याटी र केटिएम जस्ता हेभी बाइक पारखीहरु र ट्राफिक प्रहरीको बीचमा समन्वयको अभावका कारण एक अर्कामा विश्वासको संकट उत्पन्न भएको बक्ताहरुको धारणा थियो । यस्ता बाइक पारखीहरुले सडक सुरक्षा र सामाजिक एकताको सन्देश प्रवाह समेत गरिरहेकाले यसका वारेमा सबैलाई सुसूचित गराउनु आवश्यक रहेको बक्ताहरुको निस्कर्ष थियो । त्यसैगरी पुराना अर्थात भिन्टेज बाइकहरुको संरक्षणका लागि कार्य गर्ने निस्कर्ष समेत निकालिएको छ । कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल, उपाध्यक्षद्वय मेघराज पौडेल र सीताराम न्यौपाने, नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बु तथा हिमालयन इन्फिल्डर्स, काठमाडौ राइडर्स ग्रुप, एड्भेन्चर राइडर ग्रुप्स आदिको सहभागिता थियो । यसै अवसरमा निकट भविष्यमै काठमाडौं राइडर्स ग्रुपको आयोजनामा भूकम्पपीडितहरुको सहयोगार्थ विभिन्न कार्यक्रम समेत गर्ने निर्णय गरिएको छ ।

मोटरसाइकल भएका र मोटरसाइकलमा यात्रा गर्न रुचाउने विश्वभरका युवाहरुले जुन २१ लाई वल्र्ड मोटरसाइकल डेका रुपमा मनाउदै आएका छन् । खासगरी स्पोर्ट्स, एड्भेन्चर, रेसिङ एवं क्लासिक बाइक भएकाहरु यसमा रमाउछन् । नेपालमा पनि यस्ता बाइकप्रेमीहरुले अबदेखि प्रत्येक बर्ष यो दिवस मनाउने निर्णय समेत गरेका छन् ।

Motorhead


Subscribe Now