tvs-race

विश्वका ७० भन्दा बढी देशमा कारोबार गर्न सफल लुब्रेक्स लुब्रिकेन्ट्स पछिल्लो समय नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गैरहेको छ । युएईमा उत्पादन हुने बिश्व प्रसिद्ध यो लुब्रिकेन्ट्सलाई नेपाली बजारमा युनिपेट्रो इनर्जी प्रालिले भित्र्याएको हो ।

नेपाल भित्रिएको छोटो समय अवधिमै यसले उपभोक्ताहरुको विश्वास जित्दै उत्कृष्ट कारोबार गर्न समेत सफल भैसकेको छ । जसका कारण निकट भबिष्यमै यो लुब्रिकेन्ट्स नेपाली बजारमा अग्रपंक्तिमा आउने अनुमान गर्न सकिन्छ ।

लुब्रेक्सले सबै प्रकारका सवारी साधनका लागि आवश्यक पर्ने लुब्रिकेन्ट्स तथा औद्योगिक मेसिनरीलाई आवश्यक पर्ने ग्रिज र विभिन्न किसिमका इन्जिन आयल उत्पादनमा दक्षता हासिल गरेको छ ।

कम्पनीले आजको दिनमा उत्पादन, प्रविधि विकास र बजारीकरणमा लुब्रिकेन्ट्सको विश्व बजारमा नेतृत्वदायी भुमिका खेलिरहेको छ ।

उपभोक्ताको चाहना अनुसारको लुब्रिकेन्ट उत्पादनमा कम्पनीले दक्षता हासिल गरी बजार बिस्तार गर्दै अघि बढेको छ । नेपाली बजारमा पनि यसका प्रायः सवै रेन्जका लुब्रिकेन्ट्स कारोबार भैरहेको छ । कारोबार थालेको छोटो अवधिमै नेपालभर बजार विस्तार गर्न कम्पनी सफल भएको छ ।

गुणस्तरमा अब्वल
विश्व प्रसिद्ध ब्रान्ड तथा अटोमोबाइल कम्पनीसँग यसले ओरिजिनल इक्विपमेन्ट (ओई) प्रोडक्टका रुपमा सहकार्य गरिरहेको छ । लुब्रेक्सले अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) र एसएईको मापदण्डअनुसार मर्र्सििडज बेन्च, बिएमडब्लू, भल्वो, रेनल्ट, क्युमिन्स र म्यानको ओई प्रोडक्टका रुपमा आफ्नो उत्पादन उपलब्ध गराइरहेको छ ।

यसका साथै लुब्रेक्सले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आइएसओ ९००१ः२००८, आइएसओ १४००१ः२००४ र ओसास १८००१ः२००७ प्रमाणपत्र प्राप्त गरेको छ । जसले यो लुब्रिकेन्ट्सको गुणस्तर अव्वल रहेको प्रमाणित गर्छ ।