सडक दुर्घटना पीडितको संरक्षण र कानुनी अधिकारको लागि वार्षिक अभियान शुरु

नोभेम्बर तेस्रो आइतबारका दिन प्रत्येक वर्ष सडक दुर्घटनाबाट पीडित भएकाहरुको सम्झनामा विश्व दिवस World Day of Remembrance for Road Traffic Victims (WDR) मनाइन्छ ।

नेपालका सडक सुरक्षा सम्बन्धी संघ संस्थाहरुको संस्था ‘एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी’ को समन्वयमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), स्वतन्त्रता अभियान नेपाल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज, सुदुूर पश्चिम यातायात सेफ्टी नेटवर्क भिमदत्तनगर र दार्चुला, नासा फाउन्डेसन काठमाडौं, सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेटवर्क धुलिखेल तथा अटो नेपाल म्यागेजिन समेतले विभिन्न कार्यक्रम गरी यस पटकको WDR सम्झना गरियो ।

कोरोना संकट तथा सोही दिन नेपालको महान चाड लक्ष्मीपुजा परेकोले यस पटक अलि फरक र
प्रभावकारी तरिकाले वार्षिक रुपमा अभियान संचालन समेत शुरु गरियो । सोही सन्दर्भमा नेपाल भर यो वर्ष सडक दुर्घटना पीडितको संरक्षण र कानुनी अधिकारको लागि हाम्रो एकता र प्रतिवद्धता भन्ने वार्षिक अभियान गत हप्ता नेपालगन्जबाट घोषणा गरिएको छ । सन् २०२१ नोभेम्बर तेस्रो आइतबार सम्म सो कार्यक्रम संचालन गरिन्छ ।

नासा फाउन्डेसन, स्वतन्त्रता अभियान नेपाल तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्जद्वारा संयुक्त रुपमा संचालन भइरहेको सो अभियानमा देशैभरका वार एसोसिएसन, कानुन व्यवसायी लगायत थुप्रै संघ संस्थाहरुको सहकार्य हुनेछ ।

खासमा सडक दुर्घटनामा परेका व्यक्ति, परिवार, समाज र राष्ट्रकै आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर वारे आज सम्म कुनै अध्ययन, अनुसन्धान र प्रतिवेदन बनेको देखिदैन । त्यस्तै उनीहरुको कानुनी संरक्षण, उपचार, उद्धार, पुनस्र्थापना र जीविकोपार्जन एउटा ठूलो र कहाली लाग्दो समस्या बनेको छ आम नेपालीका लागि । राज्यका निकायबाट, सेवाप्रदायक कम्पनीबाट, निर्माणमा भएका कमजोरीबाट, सडक र सवारी साधनको खराबीबाट लगायत अन्य जिम्मेवार निकायबाट भएका हानी नोक्सानीको क्षतिपूर्तिको सम्भावना नै अत्यन्तै न्यून छ ।

तसर्थ, यस वर्ष

  • सडक दुर्घटनामा परेकाको समयमै उद्धार र उपचारको लागि दवाव,
  • उनीहरुलाई क्षतिपूर्तिको लागि दवावमूलक अभियान,
  • कानुनी संरक्षणको लागि लविङ तथा सहयोग,
  • पुनस्र्थापना र जीविकोपार्जनका लागि तालिमहरु तथा
  • त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको प्रतिवद्धता, वजेट र ऐन कानुनको लागि
    अनुरोध सहितका अभियानहरु संचालन गरिने छ ।

अभियान संचालन गर्न National Alliance for Safe and Sustainable Mobility को तर्फबाट गोविन्द भट्टराई, मानव अधिकार तथा उपभोक्ता अधिकारकर्मीको तर्फबाट नेपाल बार एसोसिएसनका उपध्यक्ष सुनिल श्रेष्ठ, नागरिक समाजको तर्फबाट स्वतन्त्रता अभियान नेपालकी ऋतु भट्ट राई तथा अभियान संयोजकको रुपमा सूचना तथा मानव अनुसन्धान केन्द्रका विश्वजित तिवारी रहने छन् । नेपालगन्जबाट घोषणा गरिएको उक्त अभियानले वर्ष भरि सडक दुर्घटनाका पीडितहरुलाई मानव अधिकार/उपभोक्ता अधिकारको तर्फबाट सम्बोधन गर्न प्रयत्न गर्नेछ ।

World Day of Remembrance for Road Traffic Victims नाममा सन् १९९३ देखि संसारकै सडक यातायात दुर्घटना पीडितहरुका विश्व दिवसको रुपमा संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको छ । आज संसारमा सडक दुर्घटनाका कारण वर्षेनी १४ लाख भन्दा ज्यादाको अकाल मृत्यु, करोडौंको अंगभंग र अपाङ्गको अवस्था अनि खरबौंको आर्थिक क्षतिको त्रासदीमा हामी बाचिरहेका छौं । त्यसबाट छुटकारा पाउने विभिन्न अभियानहरु विश्वब्यापी रुपमै चलिरहेका छन् र नेपालमै पनि । सामान्यतया दुर्घटना पीडितको सुरक्षा गर्न, मृतकको आत्मा शान्तिको लागि श्रद्धाञ्जली व्यक्त गर्न, पीडित परिवारमा समबेदना प्रकट गर्न, घाइतेहरुको उचित पुन स्थापना, उद्वार र उपचारको लागि माग गर्न, सुरक्षित सडक र सवारीको लागि आवश्यक नीति र कार्यक्रको निर्माणमा दवाव दिन तथा सडक सुरक्षा नागरिकको आधारभूत अधिकार हो र त्यसको ग्यारेन्टीको लागि हामी सबैको चासो र सक्रियताको जरुरी भन्ने सन्देश दिन समेत यस्ता विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

नेपालमा आज सडक दुर्घटना अकाल मृत्युको पहिलो कारण हो भन्दा फरक नपर्ला । विगत एक दशक देखि नेपालमा सुरक्षित सडक र सवारीको क्षेत्रमा संगठित प्रयास शुरु भएको छ । जसले सरकारसँग विभिन्न क्षेत्र र कार्यक्रममा हातेमालो गरिरहेको पनि छ । साथै UN एजेन्सीहरु, WHO, FIA, ग्लोबल एलायन्स तथा IRVP जस्ता विश्व संगठनहरु यो अभियानमा सक्रिय छन् ।

नेपालमा गत वर्ष सडक दुर्घटना बाट लगभग ३ हजार जनाको अकाल मृत्यु भयो, हजारौँ अङ्गभङ्ग र अपाङ्ग भए ।

स्मरण रहोस, सुरक्षित मोबिलिटीको लागि नेपालका तीन दर्जन भन्दा बढी संघ/संगठनहरुले बिगत पाँच वर्ष देखि नेसनल एलाइन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटीसँग सम्बधित रही कार्य गर्दै आइरहेका छन् ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...