Apache Race Track Experience

वर्षातको समयमा विशेषगरी बाइक वा स्कुटर चलाउने व्यक्तिलाई निकै समस्या परेको हुन्छ ।

वर्षातको समयमा बाइक वा स्कुटर चलाउदा हेलमेटमा पानीको छिट्का पर्ने भएकोले ड्राइभ गर्न गाह्रो भएको हुन्छ । सो कुरालाई ध्यानमा राखेर हेलमेट निर्माताहरुले हेलमेटमा पनि वाइपर राख्ने प्रविधिको विकास गरेका छन् ।

वाइपे नामक कम्पनीले हेलमेटमा सानो वाइपर राखेको छ । सो वाइपर ब्याट्रीबाट चल्छ । सो वाइपरले कारमा चल्ने वाइपर जस्तै काम गर्छ ।

सो वाइपर हेलमेटको भाइजरमा जडान गरिएको हुन्छ । सो वाइपर डिभाइसमा जडान गरिएको बटमको मदतले चलाउँछ । साथ साथै एउटा बटम बाइकको ह्यान्डलबारमा जडान गरिएको हुन्छ र ब्लुटुथको मदतले डिभाइसमा कनेक्ट गरेर प्रयोग गरिएको हुन्छ ।

यसमा जडान गरिएको ब्याट्री ३ घन्टा सम्म चल्छ र साधारण प्रयोगको लागि १२ घन्टासम्म व्याकअप दिन्छ । कम्पनीका अनुसार सो इलेक्ट्रिक हेलमेट वाइपरको हेलमेटमा लगाउँदा १३० किलोमिटर प्रतिघन्टाको स्पिडमा बाइक गुडाउदा पनि वाइपर निस्किदैन ।

सो वाइपर १, ३ वा ६ सेकेन्डको इन्टरवल हिसावले काम गर्छ । सो इलेक्ट्रिक वाइपरलाई फुल फेस, मोडुलर र ओपन फेस हेलमेटमा पनि जडान गर्न सकिन्छ । यसको मूल्यको बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।