tvs-race

जाडोयाममा कारको केही पार्टस्हरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । जाडोयाममा तापक्रम कम हुने भएकोले टायरमा प्रेशर कम हुन जान्छ ।

त्यसैले जाडो मौसममा विशेषगरी कारको टायरमा ध्यान दिनु पर्ने हुन्छ । वातावरणमा १० डिग्री गिरावट आउने वित्तिकै टायरमा एक पाउण्ड प्रेशर कम हुन जान्छ ।

कार ड्राइभको समयमा हरेक ९ हजार किलोमिटरमा टायर रोटेशन गर्नु जरुरी छ । साथै इन्जिन आयल चेन्ज पनि गर्नु पर्छ । विन्टर टायर विशेषगरी जाडोको लागि बनाइएको हुनछ । यसमा २५ देखि ५० प्रतिशतसम्म ट्रयाक्सन बढी हुने गर्छ ।

टायरको आयु ५ वर्षको लागि हुन्छ । जाडो मौसममा टायर कडा हुन जान्छ जसको कारण टायर चर्किने डर हुन्छ । यसलाई नियमित ध्यान दिनु पर्ने हुन्छ ।