के हो ग्याङ अफ डस्टर्स ?

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – गाडी निर्माता कम्पनी ‘रेनो’ को आफ्नो साहसिक यात्रा समूहको नाम हो ‘ग्याङ अफ डस्टर्स’ । कोभिड–१९ का कारण विभिन्न अटोमोबाइल सम्बद्ध खेलकुद वा ¥याली नभएको समयमा हाल धेरैले रेनोको सो इभेन्टलाई पनि सम्झेका छन् ।

तीन वर्ष पहिले भारतको लखनउबाट यात्रा प्रारम्भ गरी सो समूह काठमाडौं समेत आएको थियो । काठमाडौं आएको उक्त समुह पोखराका लागि प्रस्थान गरेको थियो । ग्याङ अफ डस्टर्समा २४ वटा रेनो डस्टर गाडी सम्मिलित थिए ।

२०७४ कात्तिक २४ गते भारतको लखनउबाट यात्रा प्रारम्भ गरेको सो समूह भारतको लखनउ हुँदै नेपाल प्रवेश गरेको थियो । ग्याङ अफ डस्टर्स पोखरा, चितवन र लुम्बिनी हुँदै त्यसपछि पुनः लखनउ फर्केको थियो ।

ग्याङ अफ डस्टर्सको ९ दिने सशक्त यात्रा करिब १४ सय किलोमिटरको थियो । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले सो समूहलाई स्वागत गरेका थिए । त्यही समयमै नेपालमा पनि १ हजार भन्दा बढी रेनो डस्टर गुडिरहेका र आगामी दिनमा नेपालमा समेत यस्तै कार्यक्रम आयोजना गरिने उनले बताएका थिए ।

ग्याङ अफ डस्टर्सका सहभागीहरुले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने अवसर पाएका थिए । उनीहरुले काठमाडौंका सांस्कृतिक सम्पदाहरु हेरेका थिए भने पोखराको प्राकृतिक परिदृश्य र चितवनका बन्यजन्तु तथा विविध दृश्य हेर्न पाएका थिए । उनीहरु अन्य डस्टर धनीहरुसँग भेटघाट गर्ने र अनुभव साटासाट गर्ने, ऐतिहासिक क्षेत्रहरु घुम्ने, मोटरस्पोर्टका विज्ञहरुसँग कुराकानी गर्ने, विभिन्न भूगोलको अफरोड अनुभव गर्ने र माउन्टेन बाइकिङ तथा बोट राइडिङ लगायतका साहसिक खेलमा पनि सहभागी भएका थिए ।

डस्टर रेनो कम्पनीद्वारा उत्पादित स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) हो । रेनो धनीहरुका बीच पारिवारिक सम्बन्ध कायम गर्नका लागि भारतमा ग्याङ अफ डस्टर्सको स्थापना गरिएको छ । ग्याङ अफ डस्टर्समा त्यतिबेलै १ लाख भन्दा बढी सदस्य सहभागी भइसकेको कम्पनीले जानकारी दिएको थियो ।

यो डस्टर धनीहरुलाई रेनो परिवारमा सामेल गराउने एउटा उत्कृष्ट माध्यम हो भने सदस्यहरुका माझमा सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो । भारतमा सर्बाधिक रुचाइएको एसयूभी दाबी गरिने डस्टरमा निकै चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरु पार गर्न सक्ने क्षमता छ । ग्याङ अफ डस्टर्सले यात्रा गर्न रुचाउनेहरुका लागि अतुलनिय र अप्रतिस्पर्धात्मक मोटरिङ अनुभव गराउछ ।

 


Subscribe Now