tvs-race

सडकमा मार्किङ गर्नका लागि क्याट्स आईको प्रयोग गरिन्छ । सन् १९३३ मा बेलायतबाट यसको प्रयोग प्रारम्भ गरिएको थियो । अहिले संसारका धेरै देशमा यसको प्रयोग गरिन्छ । क्याट्स आइलाई सडक सुरक्षाको यन्त्रको रुपमा लिइन्छ । यसले सडकको लेन मार्किङ र डिभाइडरको काम गर्छ ।

उक्त यन्त्रलाई मेटलको हाउजिङमा बलियो सिसाभित्र दुईवटा रिफ्लेक्टर राखेर सडकमा गाडिन्छ । यसले दिनको समयमा लेन मार्किङ र रातको समयमा लाइट रिफ्लेक्ट गरी डिभाइडरको रुपमा समेत काम गर्छ । यसलाई संसारभर प्रयोग गरेको पाइन्छ । डिभाइडर राख्ने स्थान नभएको सा“घुरो सडकमा यो उपयुक्त समाधान बन्छ । अहिले काठमाडौंको विभिन्न स्थानका सडकमा समेत यसको प्रयोग गरिएको छ । पछिल्लो समयमा सोलार बत्ती जडित क्याट्स आई प्रयोग गर्ने प्रचलन समेत बढेको छ ।

Motorhead

बेलायतका पर्सी शाले क्याट्स आईको आविष्कार गरेका थिए । बिरालोको आँखा रातमा चम्किन्छन् । यो डिभाइस पनि रातमा चम्किने भएकाले यसको नाम पनि त्यसै अनुसार राखिएको हो । सन् १९३४ मा शाले यसको पेटेन्ट अधिकार प्राप्त गरे भने सन् १९३५ को मार्च १५ मा यसको उत्पादनका लागि कम्पनी नै स्थापना गरे ।