tvs-race

बीएस ६ को पुरा नाम भारत स्ट्यान्डर्ड ६ हो । यो गाडीबाट निस्कने एमिशनलाई तय गर्ने मापन हो ।

यो युरोपमा चल्ने एमिशन नर्म्स युरो ६ को आधारमा बनाएको थियो । हाल भारतमा बीएस ४ नर्म्स चलिरहेको छ । यसको प्रयोगले गाडीबाट निस्कने प्रदूषण कम गर्दछ । तर यसको लागि गाडीमा प्रयोग गरिने फ्युल पनि बीएस ६ स्ट्यान्डर्डको हुनुपर्छ । बीएस ६ फ्युलको प्रयोगले सल्फरको मात्रा कम गर्छ ।

बीएस ४ र बीएस ६ मा केही फरक भने छैन । बीएस ४ र बीएस ६ गाडीहरुको पावर, माइलेज, फिचर, डिजाइन सबै उही नै हुन्छ । बीएस ६ गाडीबाट निस्कने धुवाँ सफा हुन्छ र यो गाडी महँगो पनि हुन्छ । भारतीय सरकारले १ अप्रिल २०२० भन्दा पहिले बिक्री भएका गाडीहरुमा डिजेल गाडीको १० वर्ष र पेट्रोल गाडीको १५ वर्ष आयु बढ्नेछ ।

केही कम्पनीहरुले बीएस ६ नर्म्स भएको गाडी बजारमा उपलब्ध गराएका छन् ।

हाल सबै बीएस ६ गाडीमा बीएस ४ फ्युलको प्रयोग गरिएको छ । यसले गाडीको इन्जिनमा केही हानी त पु¥याउँदैन तर चाँडै नै बीएस ६ फ्युल उपलब्ध हुनेछ ।