Apache Race Track Experience

टंकप्रसाद भट्ट कन्टिनेन्टल ट्रेडिङका एक्जिक्युटिभ डाइरेक्टर हुन् । कन्टिनेन्टल ट्रेडिङले नेपालमा कोमात्सुका हेभी इक्विपमेन्टहरु बिक्री–वितरण गरिरहेको छ । उनी कन्टिनेन्टलमा आवद्ध भएको करिब १० वर्ष भयो । यस्तै प्रकारको व्यवसायमा उनी लामो समय देखि कार्यरत छन् । कोमात्सुका इक्विपमेन्ट र समग्र नेपालको बजारमा अवस्था वारेमा भट्टसँग गरिएको कुराकानी :

कोमात्सु एक प्रिमियम ब्रान्डको रुपमा परिचित छ । यो एक पुरानो कम्पनी पनि हो । यसलाई धेरै रुचाइनुको कारण के होला ?
करिब सन् २००८ को हाराहारीमा पनि नेपाली बजारमा कोमात्सु नै एक मात्र विकल्प जस्तो थियो । त्यही समयमा कोमात्सुले आफै नै नेपालमा रेन्टल कम्पनी खोल्यो । त्यो कम्पनी सडक विभागको विकल्पको रुपमा कार्यरत रह्यो । त्यो समय देखि कोमात्सुको ब्रान्ड बलियो बनेको हो । एक त जापनिज कम्पनी, त्यसमाथि विश्वमै प्रतिष्ठित । अन्तर्राष्ट्रिय बजारमा हेर्दा पनि आयको आधारमा क्याटरपिलर पछि कोमात्सुकै नाम आउछ । कोमात्सुले कन्स्ट्रक्सन मात्र नभएर माइनिङ इक्विपमेन्टहरु पनि बनाउछ । १ टन देखि ८ सय टन सम्मका मेसिनहरु बनाउछ । एसियाली देशहरुमा हेर्दा एस्काभेटर सेक्टरमा कोमात्सु नम्बर वान नै छ । कोमात्सु विशेष गरी एस्काभेटरका लागि नै बढी लोकप्रिय छ ।

कोमात्सुको आफ्नै इन्जिन छ । विश्वभर कोमात्सुका २८ प्लान्ट छन् । सबै प्लान्टमा जापानबाटै कोमात्सुका इन्जिन उपलब्ध हुन्छन् । कुनै देशका लागि भनेर छुट्टै इन्जिन हुँदैन । गुणस्तरमा ध्यान दिइएको हुन्छ । इन्जिन र हाइड्रोलिक पम्प जस्ता मूख्य कम्पोनेन्टहरुको नियन्त्रण जापानबाटै कम्पनीले गरेको हुन्छ । यसले गर्दा कोमात्सुलाई सबैले रुचाएका हुन् । विश्व बजारमै कोमात्सुको अलग पहिचान कायम छ ।

कोमात्सुका मेसिनमा कसरी सेवा उपलब्ध भइरहेको छ ?
पहिले कुनै स्थानमा मेसिन बिग्रेको छ भने एक जना टेक्निसियन गएर चेक गथ्र्यो । उसले समस्या पत्ता लगाए पछि अर्को टेक्निसियन गएर समाधान गर्नु पर्ने पनि हुन्थ्यो । तर अहिले सबै मेसिनमा ‘कन्ट्रयाक्ट’ नामक सिष्टम राखेका छौ । सो सिष्टमले नै कुन मेसिनमा के समस्या छ भन्ने देखाउछ । हामीले यहीबाट सबै हेर्न सक्छौ । त्यसपछि अपरेटरलाई फोन गरेर चेक गर्न भन्छौ । हामीले भने अनुसार गरे पछि मेसिनको समस्या समाधान हुन्छ । अलि ठूलै समस्या रहेछ भने नजिकको सेन्टरमा रहेका हाम्रा टेक्निसियनहरु गएर समाधान गर्छन् । सबै गाडीहरुमा जीपीएस राखिएको हुन्छ र यसका आधारमा कुन स्थानमा चलिरहेको छ, कति इन्धन खपत ग¥यो आदि जानकारी हामीले लिन सक्छौ । ग्राहकले पनि जीपीएसको प्रयोग गर्न सक्छ ।

विगत ३ वर्षमा राम्रो बिक्री भएको थियो । तर यो वर्ष घट्ने देखिएको छ ।

हामीले आफै पनि विभिन्न स्थानमा सर्भिस हेर्नेलाई तालिम दिइरहेका छौ । धनगढीदेखि विराटनगर सम्म ९ स्थानबाट सर्भिसिङ उपलब्ध गराइरहेका छौ । यो वाहेक हामीले केसीटी अर्थात कोमात्सु सर्टिफाइड टेक्निसियनको व्यवस्था पनि गरेका छौ । विभिन्न वर्कसपका मेकानिक्सहरुलाई हामीले तालिम प्रदान गर्छौ र उनीहरुलाई सर्टिफिकेट दिन्छौ । कतिपय स्थानमा यी टेक्निसियनहरुले पनि सेवा उपलब्ध गराइरहेका छन् ।

हाल निर्माण उपकरणको समग्र बजार अवस्था कस्तो छ ?
निर्माण उपकरण र निर्माण कार्य एक अर्काका परिपुरक हुन् । विगत चार वर्षको तथ्यांक हेर्दा कन्स्ट्रक्सन इक्विपमेन्टको बिक्री पनि बढेको छ । तर यो वर्षको कात्तिक यता इक्विपमेन्टहरुको फाइनान्सिङमा केही समस्या देखिएको छ । बैंकहरुमा तरलता अभाव र अन्य विभिन्न कारणले फाइनान्सिङ घट्दो क्रममा रहेको छ । सरकारको खर्च गर्ने क्षमतामा पनि कमी आएको छ । यसले गर्दा हामी मात्र नभएर समग्र निर्माण क्षेत्रमा असर पुगेको छ । इक्विपमेन्टहरु भन्सार यार्डमा थन्किने क्रम बढेको छ । यसले गर्दा नीतिगत क्षेत्रमा केही सुधार गर्नुपर्ने आवश्यकता छ ।

केही सयम पहिले कोमात्सु र निर्माण उपकरण एक अर्काका परिपुरक जस्ता थिए । तर पछिल्लो समयमा अन्य ब्रान्ड पनि भित्रिएका छन् । कस्तो असर पुगेको छ ?
हामी करिब ३० वर्ष देखि नै निर्माण उपकरण बिक्री–वितरणको क्षेत्रमा कार्यरत छौ । करिब १५ वर्ष पहिले सम्म पनि विभिन्न इक्विपमेन्टहरु सरकारी क्षेत्रले मात्र उपलब्ध गराउथ्यो । मानिसहरु फाइनान्स गर्न पनि डराउथे । नीतिगत कुराहरु सरल थिएनन् । यसले गर्दा धेरै ब्रान्ड थिएनन् । तर पछि यसमा सहजता थपियो । भन्सार दर घट्यो । हाल इक्विपमेन्टको क्षेत्रमा ४ प्रतिशत मात्र कर लाग्छ । भ्याट लाग्दैन । बैंकहरुले फाइनान्सिङ पनि सहज बनाए ।

मानिसहरुको क्षमता पनि बढ्दै गयो । इक्विपमेन्टको व्यवसाय पनि बढ्दै गयो । कुनै समयमा नेपाली बजारमा कोमात्सुले मात्र एस्काभेटर बिक्री गथ्र्यो भने अहिले दर्जन बढी ब्रान्ड भित्रिसकेका छन् । यसले गर्दा प्रतिस्पर्धा बढ्नु स्वाभाविक हो । यद्यपि स्वच्छ प्रतिस्पर्धा हुनु आवश्यक छ । कोमात्सुको गाइडलाइन अनुसार काम गर्ने भएकाले हामी उधारोमा मेसिन दिदैनौ । यसले गर्दा पनि हाम्रो व्यवसायमा असर पुगेको हुन सक्छ । हामी प्रिमियम मेसिन भन्छौ । यसले गर्दा जसले कोमात्सुको मेसिन लैजानु भएको छ । खुशी हुनुहुन्छ ।

भारतमा प्लान्ट बने पछि कतिपय कम्पनीहरुको मेसिनको मूल्यमा कमी आएको पनि देखिन्छ । तर कोमात्सुको सधै एकै मूल्य हुन्छ । यसको कारण के होला ?
कोमात्सुको प्लान्ट जहाँ भए पनि मूल्य एउटै हुन्छ । बरु नेपालमा ल्याउनका लागि यातायात खर्चमा केही कमी आउने मात्र हो । जनशक्ति खर्च घट्न सक्छ । हामीले पहिले थाइल्यान्डबाट मेसिन ल्याउथ्यौ । त्यतिबेला १ करोड ३० लाख पर्ने मेसिन अहिले १ करोड ११ लाखमा आउछ । तर गुणस्तरमा सम्झौता नगर्दा मूल्यमा फरक पर्दैन ।

बजारमा धेरै ब्रान्ड भित्रिरहेका छन् । यो अवस्थामा भविष्यमा के सम्भावना देख्नुहुन्छ ?
स्वतन्त्र बजारमा जसले जे पनि गर्न पाउने छुट छ । तर सिमेन्ट वा अन्य निर्माण सामग्री बिक्री गरे जस्तो कन्स्ट्रक्सन इक्विपमेन्ट बिक्री गर्न सहज छैन । यो एउटा पूर्ण रुपमा इन्जिनियरिङ उत्पादन हो । हामीले विगत ३० वर्ष देखि बिक्री गरिरहेका मेसिनलाई अहिले पनि सेवा दिइरहेका छौ । पुरानो मोडललाई पनि सेवा दिइरहेका छौ । त्यसैले ग्राहकले किन्दा पनि यसको दीर्घकालीन हितलाई ध्यानमा राख्नु आवश्यक छ । सर्भिसिङ लगायतका सेवा उपलब्ध हुने हो कि होइन भन्ने कुरामा ध्यान जानु आवश्यक छ ।

नयाँ भित्रिने कम्पनीहरु कति विश्वसनिय छन् भन्ने कुराले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । कतिपय कम्पनी लामो सोच नराखेरै आएका पनि छन् । माग भएको समयमा केही संख्यामा मेसिन बिक्री गरे पनि भविष्यमा ती मेसिनलाई सेवा उपलब्ध गराएर मात्र व्यवसाय चल्छ कि चल्दैन भन्ने कुरामा ध्यान पुग्नु आवश्यक छ । यसका लागि दक्ष जनशक्ति, स्पेयर पार्ट्सको उपलब्धता, तालिमको व्यवस्था आदि हुनु आवश्यक छ । यी सबै कार्य गर्न नसके पछि यस्ता कम्पनी पलायन हुने सम्भावना हुन्छ ।

ब्रान्ड बढे पनि पछिल्लो समयमा बिक्री घट्न थालेका संकेत पनि देखिएका छन् । यसलाई कुन रुपमा लिनुहुन्छ ?
पछिल्लो समयमा मेसिन बिक्रीमा कमी आएको छ । यो एक प्रकारले प्राकृतिक कुरा पनि हो । सधै बिक्री बढ्ने पनि होइन । मेरो अनुभवमा १० वर्षको समयमा करिब ४ वर्ष बढी बिक्री हुन्छ र अरु समयमा सामान्य हुन्छ । एउटा प्रोजेक्टको लागि किनिएका मेसिन नै अन्य प्रोजेक्टमा समेत उपयोग गरिन्छ । एउटा राम्रो मेसिनले करिब २० वर्ष सम्म काम गर्छ । गत आर्थिक वर्षमा करिब १९ सय एस्काभेटर बिक्री भएका छन् । यो एउटा रेकर्ड नै हो । यो पिक समय नै हो । त्यसैले अब घट्ने सम्भावना पनि छ । यस्तै संकेत पनि देखिएका छन् ।

यो वर्ष कति घट्ने सम्भावना छ ?
यो वर्ष करिब ५० प्रतिशत नै घट्छ । बैंकले फाइनान्स गर्न सक्ने अवस्था छैन । ३ महिना सम्म बैंकमा अभाव हुने भनिएको छ । त्यसपछि सिजन जान्छ । सरकारले निर्माण व्यवसायीहरुलाई पैसा भुक्तानी गरेको छैन र बैंकहरुले फाइनान्सिङ पनि गर्दैनन् । यसले गर्दा समस्या भएको छ । समग्र व्यवसायमै असर पुग्ने सम्भावना छ । भन्सारमा मेसिन थन्केका छन् । विगत ३ वर्षमा राम्रो बिक्री भएको थियो । तर यो वर्ष घट्ने देखिएको छ ।

हाल सम्मको कामको आधारमा थप मेसिन आवश्यक छैन । तर आगामी दिनमा सरकारले हाइड्रोपावर, इन्फ्रास्ट्रक्चर, पर्यटन आदिमा थप विकास गर्ने नीति लिएर त्यसै अनुसारको व्यवस्था ग¥यो भने बढ्न पनि सक्ला । सरकारको भूमिकाले असर गर्छ ।

यो क्षेत्रमा दक्ष टेक्निसियन, अपरेटरको अभाव छ भनिन्छ नि ?
मेसिन बढ्दै जादा जनशक्ति पनि अभाव हुनु स्वाभाविक हो । यद्यपि हाल विभिन्न संस्थाहरुले तालिम प्रदान गरिरहेकाले यसमा केही कमी आएको छ । तर पनि सीप सिकेका जनशक्ति वैदेशिक रोजगारमा जाने भएकाले सधै समस्या हुन्छ । एस्काभेटर भन्दा पनि मोटर ग्रेडर जस्ता विशेष सिप चाहिने जनशक्ति चाहिं कमी छ ।

अन्त्यमा थप केही भनाइ छ कि ?
सरकारले नीति बनाएर मात्र हुँदैन । त्यसलाई कार्यान्वयन गर्नका लागि पनि आवश्यक व्यवस्था गर्नुप¥यो । अर्थतन्त्र चलायमान भएमा नै सबै व्यावसायिक कार्यहरु अगाडि बढ्छन् । यसो भएमा यो क्षेत्रका व्यवसायीहरु पनि उत्साहित हुने छन् भने देश विकासले पनि फड्को मार्नेछ ।