पानी बेच्ने ट्यांकरले स्टिकर टाँस्नु पर्ने

ISUZU

tvs-race
काठमाडौं । खानेपानी विक्री वितरण गर्दै आएका ट्यांकरहरुले बैशाख ५ गते भित्र अनिवार्य रुपमा दर्ता गरेर स्टिकर टाँस्नुपर्ने भएको छ । स्टिकर नटाासिएका ट्यांकरले पानी बिक्रि गरेको भेटिएमा कार्वाही गर्ने सरकारले तयारी गरेको जनाएको छ ।

काठमाडौंमा पानी विक्री वितरण गर्ने ट्यांकर व्यवशायीहरुले खोलाको फोहोर पानी लगायत विभिन्न मुहानवाट संकलन गरेको अप्रसोधित पानीहरु बिक्रि वितरण गरेर उपभोक्ताहरूको स्वास्थ्यमा खेलवाड गरिरहेको जनगुनासो आएको थियो । यस्तो गुनासोहरु बढ्न थालेपछि खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि काठमाडौं खानेपानी व्यवस्थापन बोर्डले पानी बेच्ने ट्यांकरमाथि कडाइ गर्न लागेको हो ।

मन्त्रालयको निर्देशनपछि बोर्डले अब पानी विक्री गर्ने ट्यांकरहरुले बैशाख ५ भित्र अनिवार्यरुपमा बोर्डबाट अनुमति लिनुपर्ने छ । बोर्डले पानीको गुणस्तर अनुसार ट्यांकरलाई नीलो, पहेंलो र हरियो स्टिकर प्रदान गर्नेछ । त्यस्तो स्टिकर टाँस गरिएको ट्यांकरले मात्रै पानी बेच्न पाउने छन् ।

मन्त्रालयले फिजिकल, केमिकल र बायोलोजिकल हिसाबले शुद्ध पानी बिक्री गर्ने ट्यांकरले नीलो स्टिकर पाउने छन् । यस्तो स्टिकर पाएका ट्यांकरको पानी सीधै पिउन योग्य हुने छ । पानी परीक्षण गर्दा फिजिकल र केमिकलको अवस्था सामान्य रहेको तर माइक्रोबायोलोजिकल परीक्षणमा गुणस्तरीय नदेखिएको पानी विक्री गर्ने ट्यांकरहरुले पहेंलो स्टिकर पाउनेछन् । यस्तो पानी उमालेरमात्रै पिउनुपर्ने हुन्छ ।

त्यसैगरी माइक्रो बायोलाजिकल परीक्षणमा सामान्य देखिने तर फिजिकल र केमिकल टेस्टमा अनुपयुक्त ठहरिएको पानी बेच्ने ट्यांकरलाई हरियो स्टिकर दिइने छ । हरियो स्टिकर लागेको ट्यांकरले बेचेको पानी हात खुट्टा धुनका लागिमात्रै उपयुक्त हुन्छ, पिउन वा भान्सामा प्रयोग गर्न मिल्दैन ।

Motorhead


Subscribe Now