tvs-race

कोरोना भाइरस महामारी प्रकोपबाट लड्नको लागि फक्सवागनले फेस सिल्ड होल्डर बनाउनका लागि प्रिन्टिङको प्रयोग गर्न थालेको छ । सो प्रविधि एयरबस र थ्रीडी प्रिन्टिङ नेटवर्क मोविलिटी गोज एडिटिभको साथै अन्य देशको संयुक्त योजना हो । जसमा लगभग २५० कम्पनी सम्मिलित रहेका छन् ।

कम्पनीले सो प्रविधि स्पेनमा प्रयोग गर्नेछ । आउँदो हप्तामा सो मेसिन जर्मनीको ह्याम्बर्गबाट स्पेनको म्याड्रिड हवाई मार्ग हुँदै लगिने छ । सो प्रविधि स्पेनिस अधिकारीहरुको अनुरोधमा शुरु गर्न लागिएको हो ।

सो होल्डरमा थर्ड पार्टी कम्पनीहरुले एक प्लास्टिक पत्र राख्ने छन् । सो होल्डर हाल फक्सवागन कम्पनीले निर्माण गर्नेछ । सो सिल्डको मदतले मानिसको अनुहार पारदर्शी सुरक्षा कभरमार्फत ढाकिन्छ ।

फक्सवागन ग्रुप प्रोडक्सनका प्रभुख गेर्ड वाकरका अनुसार सो होल्डर वल्फ्सबर्ग र इंगोलस्टेडका थ्रीडी प्रिन्टिङ सेन्टरमा मात्र होइन औडी, बेन्ट्ले, बुगाटी, मेन ट्रक एन्ड बस, पोर्शे, फक्सवागन प्यासेन्जर कार र फक्सवागन मोटर स्पोर्टस्को साथै अन्य कम्पनीमा पनि उत्पादन गरिने छ ।

सो समुहले आफ्नो संयन्त्रमा ५० भन्दा बढी अधिक प्रिन्टरको उपयोग गरिरहेको छ । ल्याम्बोर्गिनी, एसईएटी, स्कोडा र फक्सवागन प्यासेन्जर कार पनि चिकित्सा आपूर्तिमा कार्य गरिरहेको छ । फक्सवागनले जर्मनीमा फेस मास्क निर्माणमा पनि सहयोग गरिसकेको छ ।