फक्सवागन टाइगुनको टिजर सार्वजनिक, नेपालमा समेत लन्च हुने घोषणा

फक्सवागनले भारतीय बजारमा ल्याउने लागेको चर्चित एसयूभी टाइगुन नेपाली बजारमा समेत आउने भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले आफ्नो फेसबुक पेजमार्फत नेपाली बजारमा समेत छिट्टै नै यो गाडी आउने सार्वजनिक जानकारी गराएको छ ।

हाल बजारमा प्रचलित हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पर्धामा बजारमा उतार्ने तयारी गरिएको टाइगुन एसयूभीको टिजर हालै सार्वजनिक गरिएको छ । सो कार यो वर्षको मध्यतिर लन्च हुने सम्भावना छ ।

स्कोडा र फक्सवागन कम्पनीले मिड साइज एसयूभीको कन्सेप्ट एडिशन २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । सो अवसरमा स्कोडा भिजन इन कन्सेप्ट र फक्सवागन टाइगुन पहिलो पटक शोकेश गरिएको थियो ।

यी दुई कम्पनीको २.० प्रोेजेक्ट जस्तै फक्सवागन टाइगुन पहिलो प्रोडक्ट हुनेछ । यी दुबै ब्रान्डले भारतीय बजारका लागि स्थायी भविष्यको तयारीका साथ विशेष योजना बनाइरहेका छन् ।

भारतमा सो कार ५ सिटर एडिसनमा लन्च गर्नेछ । साथै यसको लम्बाई ४ मिटर भन्दा लामो हुनेछ ।

फक्सवागनको सो नयाँ कारमा नयाँ एलईडी टेलल्याम्प, शार्प एलईडी हेडल्याम्प, ब्ल्याक बी पिलर्स, क्रोम विन्डो लाइन र बडी कलर्ड डोर ह्यान्डल र क्रोम फ्रन्ट ग्रिल समावेश गरिएको छ । यसको साइड प्रोफाइलको फुटेज एसयूभीको स्पोर्टी क्यारेक्टर लाइन, क्रिज, रुफ माउन्टेड रियर स्पोइलर, रुफ रेल र साइड बडी क्लेडिङ रहेको छ ।

फिचरको कुरा गर्ने हो भने स्कोडा भिजन इन एसयूभी र टाइगुनमा समानता रहेको छ । सो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ सुविधा, फ्रन्ट भेन्टिलेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, सनरुफ जस्ता सुविधा रहेको छ ।

पावर दिनको लागि नयाँ फक्सवागन टाइगुनमा १.५ लिटर टीएसआई पेट्रोल इन्जिन समावेश गरिएको छ । जसमा म्यानुअल र अटोमेटिक ट्रान्समिशनको विकल्प रहेको छ । 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...