थप ८ सुविधा सहित मासिक २२,५०० मा फक्सवागन पोलो

काठमाडौं – नेपालमा फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल प्रालिले विन्टर मौसमको समयमा क्रिसमस तथा न्यु इयर २०२१ समेतलाई मध्यनजर गर्दै ‘बेस्ट कार एट बेस्ट डिल’ स्किम ल्याएको छ ।

सो स्किम अन्तर्गत मासिक रुपमा २२ हजार ५ सय रुपैयाँ मात्र तिरेर फक्सवागनको लोकप्रिय कार पोलोलाई आफ्नो बनाउन सकिने छ । हालै समापन भएको फेस्टिभ सिजनमा समेत फक्सवागन कार आफ्नो बनाउन चाहेका ग्राहकलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीले बताएको छ ।

पूजा इन्टरनेसनलका मार्केटिङ म्यानेजर बिराज श्रेष्ठले आफ्ना ग्राहकलाई कार किन्न सहज होस् भनेर क्रिसमस र नयाँ वर्ष समेतको अवसरमा यो स्किम ल्याएको बताए ।

यो स्किम अन्तर्गत ग्राहकले मासिक २२ हजार ५ सय रुपैयाँ किस्ता वाहेक अन्य विभिन्न अफर समेत प्राप्त गर्नेछन् । नयाँ गाडी किन्दा पुरानो गाडीसँग एक्सचेन्ज समेत गर्न सकिने छ । यो अवस्थामा आकर्षक नगद छुट, सडक कर छुट, ४ वर्ष सम्म निःशुल्क सर्भिसिङ, अनलिमिटेड किलोमिटर वारेन्टी, सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरिज, एक्सचेन्ज बोनस र लोयल्टी बोनस उपलब्ध हुनेछ ।

जर्मन कम्पनी फक्सवागन ग्रुपका कारहरु विगत ३ वर्ष यता विश्वमै सबैभन्दा बढी बिक्री हुने कार बनेका छन् । फक्सवागन कार विशेष गरी बिल्ड क्वालिटी, सेफ्टी स्ट्यान्डर्ड, कम्फर्ट, ड्राइभिङ प्लेजर र इनोभेसनका लागि लोकप्रिय छन् ।

फक्सवागन कार र हाल उपलब्ध गराइएको नयाँ स्किम वारेमा जानकारी दिनका लागि हाल कलंकी, भक्तपुर, पोखरा, नारायणघाट र भैरहवाका भाटभटेनी सुपरमार्केटमा गाडी डिस्प्ले गरिएको छ ।

यो अफर अन्तर्गत फक्सवागनका अन्य गाडीहरु समेत किन्न सकिने छ ।

यस्तो छ फक्सवागन पोलो
नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले केही समय पहिले मात्र नेपाली बजारमा टीएसआई इन्जिन सहितको फक्सवागन पोलो भित्र्याएको हो । कम्प्याक्ट, उच्च पावरयुक्त, इन्धन किफायतीपना र १.० लिटर बीएस ६ इन्जिनयुक्त यो गाडीले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

यसमा फक्सवागनको धेरै पटक पुरस्कृत भइसकेका विभिन्न प्रविधि सहितका धेरै विशेषता छन् । यसमा नयाँ स्टाइलिस हनिकम्ब ग्रिल, स्पोर्टी बडी साइड ग्राफिक्स, प्यासेन्जर डोरनेर बोल्ड टीएसआई ब्याज, स्टनिङ ब्ल्याक ओआरभीएम आदि उपलब्ध छन् ।

प्रशस्तै स्पिडमा पनि फन–टु–ड्राइभ अनुभवका साथ इन्धन किफायतीपना समेत हुने गरी फक्सवागनको टीएसआई इन्जिनको डिजाइन गरिएको बताइएको छ । यी सबै कारण टीएसआई इन्जिनयुक्त पोलोले १८.२४ किमी किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

यो सेगमेन्टमा पोलो टीएसआई पावरफुल ह्याचब्याकको रुपमा परिचित छ । पूजा इन्टरनेसनलका मार्केटिङ म्यानेजर विराज श्रेष्ठ पोलो टीएसआई यो सेगमेन्टमै सबैभन्दा पावरफुल ह्याचब्याक भएको बताउँछन् । १ हजार सीसी क्षमता भए पनि यसले १ हजार ६ सय सीसी भन्दा बढी क्षमताको इन्जिनले प्रदान गर्ने पावर प्रदान गर्ने उनले बताए । फक्सवागनले एक दशक भन्दा लामो समय लगाएर इन्जिन जगतमै नयाँ एड्भान्स्ड इन्जिनको विकास गरेको कम्पनीको भनाइ छ ।

नेपाली बजारका लागि विभिन्न भेरिएन्टमा पोलो उपलब्ध छ । पोलोको मूल्य ३६ लाख ९० हजार प्रारम्भ हुन्छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...