फक्सवागनले ल्याउँदै छ नयाँ मिड साइज सेडान भर्टस

फक्सवागनले भारतीय बजारमा दुई नयाँ कार लन्च गर्ने भएको छ । जसमा मिड साइज एसयूभी टाइगुन र मिड साइज सेडान भर्टस समावेश रहेको छ । कम्पनीले टाइगुन एसयूभी २०२१ मै लन्च गर्ने घोषणा गरिसकेको छ । कम्पनीको भर्टर सेडान कार भने २०२२ मा मात्र लन्च हुनेछ । यद्यपि सो कार हालै परीक्षणको समयमा देखिएको छ ।

भर्टस सेडान कार कम्पनीको एमक्यूबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा टाइगुन मिड साइज एसयूभी समेत तयार गरिनेछ । उक्त प्लेटफर्ममा टी–क्रस पनि तयार पारिएको थियो । सो कारको मूल्यमा केही कमी आउने छ ।

भारतीय स्पेक मोडल २०२१ को छैठौ महिनामा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि सो कार बिक्रीको लागि २०२२ मा तयार पारिनेछ । सो कारको होन्डा सिटी र हुन्डाई भर्नासँग प्रतिस्पर्धा हुनेछ । अनुमानित रिपोर्ट अनुसार सो कारको मूल्य १० लाख देखि १४ लाख भारु हुनेछ ।

भर्टस कारमा कम्पनीले १.० लिटरको ३ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनको साथमा प्रस्तुत गर्नेछ । जसले १०८ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ट्रान्समिसन विकल्पको रुपमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर एएमटी समावेश रहेको छ । यसमा नयाँ १.५ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...