फक्सवागन पोलो बीएस ६ अब २९.९० लाखमा, अलस्पेसमा ६ लाखसम्म नगद छुट र अन्य सुबिधा

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बितरक पूजा इन्टरनेसनल नेपालले दसैं तिहार लक्षित स्किम सार्बजनिक गरेको छ ।

उक्त स्किम अन्तर्गत फक्सवागन पोलोको मूल्य २९ लाख ९० हजार कायम गरिएको छ भने हालसालै सार्वजनिक गरिएको अलस्पेस गाडीमा ६ लाख रुपैयाँसम्म नगद छुट उपलव्ध हुने बताइएको छ । यसअघि पोलो बीएस ४ को मूल्य २९ लाख ४५ हजार रहेकोमा नयाँ पोलो बीएस ६ मोडलको मूल्य २९ लाख ९० हजार तोकिएको हो ।

पोलो फक्सवागनको निकै नै चर्चित ह्याचब्याक कार हो । जेडी पावरले ३ पटकसम्म उत्कृष्ट ह्याचब्याक कारका रुपमा सम्मानित गरेको यो कारले ग्लोबल एनक्यापको सेफ्टी टेष्टमा ४ स्टार रेटिङ हात पारेको छ ।

Motorhead

नयाँ स्किम अन्तर्गत फक्सवागन गाडी खरिद गर्ने ग्राहकले निशुल्क एसेसरिज, २ बर्षसम्म निःशुल्क सर्भिसिङ, यो आर्थिक बर्षको सडक दस्तुर कर, २ बर्षसम्मको असीमित किलोमिटर वारेन्टी र सहज फाइनान्सको समेत सुविधा पाउने छन् ।


Subscribe Now