केटीएम २५० एड्भेन्चर नेपालमा भयो लन्च : एड्भेन्चरका लागि उपयोगी हुने

केटीएम २५० एड्भेन्चर नेपाकाठमाडौं – नेपाली बजारमा केटीएम २५० बाइक औपचारिक रुपमा भित्रिएको छ । देशभरका सोरुममा उपलब्ध हुने बताइएको सो बाइकको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो ।

नेपालमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेगमेन्टलाई विस्तार गर्नका लागि केटीएम २५० एड्भेन्चर नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यो भन्दा पहिले नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर उपलब्ध भइरहेको र यसले उत्साहीहरुको कलात्मकता र अपेक्षालाई पुरा गरेको थियो । अब एड्भेन्चर बाइकिङको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एड्भेन्चरले यो फ्रेन्चाइजीलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

उत्कृष्ट ह्यान्डलिङ र लाइटवेट प्याकेजका साथ उक्त एड्भेन्चर बाइक केटीएम परिवारको नवीनतम प्याकेज भएको बताइएको छ । विश्वको लागि इन्ट्री प्वाइन्ट मानिएको ट्राभल इन्ड्युरोका लागि आवश्यक विशेषताहरु यसमा समेटिएका छन् ।

संक्षेपमा भन्नु पर्दा यो मोडलले उच्च गुणस्तरीय बनोट, इन्जिनियरिङ र डकार ¥याली हेरिटेज अपनाउछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइनअपको प्रतिनिधित्व गर्छ ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।लमा भयो लन्च : एड्भेन्चरका लागि उपयोगी हुने