टीभीएसले मार्भल्स अभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । सिभिल मलमा एक विशेष कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो ।
कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।
टीभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले सो स्कुटर लन्च गरेका थिए भने स्वप्न सुमनले म्युजिकल पर्फमेन्स गरेका थिए ।
सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लुमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।
सो अवसरमा बोल्दै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले टीभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण आकर्षण गरिरहेको बताए । उनले मार्भल युनिभर्सप्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेसनका ग्राहकहरुका लागि उनीहरुको खुसीलाई अझै बढाउने सुपर स्क्वाड संस्करण ल्याएको बताए ।
सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पिडोमिटर मुनि राखिएको छ ।