हाल बजारमा उपलब्ध यही सेग्मेन्टका अन्य बाइकको तुलनामा पृथक लुक्स तथा डिजाइन र आधुनिक फिचर्स उपलब्ध भएको रेडरलाई नेपाली उपभोक्ताले अत्यधिक मात्रामा रुचाउने कम्पनी स्रोतले विश्वास लिएको छ । भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली उपभोक्ताको समेत ध्यान खिच्दै लगेको यो मोटरसाइकलले यो सेग्मेन्टमा बजारको नेतृत्व गर्ने अनुमान गर्न थालिएको छ । यो मोटरसाइकलको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।