२०७८ साउन १३ बुधवार,

विद्युतीय सवारी साधन प्रवद्र्धन र चुनौती सम्बन्धमा अन्तरक्रिया

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अटोले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा जुममार्फत गरेको सो भर्चुअल अन्तरक्रियामा विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरुको वारेमा छलफल भएको छ ।

सो अवसरमा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेल, अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराई, नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापा, नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) का अध्यक्ष नवराज पौडेल, इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनी, इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका अध्यक्ष सुशील तण्डुकार र नासाका सदस्य दिप्रश शाक्यले विभिन्न विषयमा प्रस्तुतिकरण गरेका थिए ।

सो अन्तरक्रियामा नेपालमा विद्युतीय सवारी साधनको अवस्था, यसको प्रवद्र्धनका लागि गरिनु पर्ने आावश्यक कार्य, सवारी साधनको प्राविधिक पक्ष, विश्वमा विद्युतीय सवारी साधनको अवस्था र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका वारेमा छलफल गरिएको थियो ।

नेपाल अटोको फेसबुक पेजमा समेत लाइभ प्रसारण गरिएको कार्यक्रममा वक्ताहरुले सहभागीहरुका विभिन्न जिज्ञासाहरुको समेत सम्बोधन गरेका थिए ।

नासा उपाध्यक्ष सिताराम न्यौपानेको सभापतित्वमा भएको सो अन्तरक्रियामा अर्का उपाध्यक्ष अनिल बरालले मोडरेटरको भूमिका निभाएका थिए । अन्तरक्रियाको संयोजन नेपाल अटोका सल्लाहकार सम्पादक एकराज सुवेदीले गरेका थिए भने प्राविधिक संयोजन इन्जिनियर प्रवेश पौडेलले गरेका थिए ।

?>