यस्तो अनुभव भयो नयाँ हुन्डाई भेन्युमा सयर गर्दा ……

हुन्डाईको सव कम्प्याक्ट एसयूभी भेन्यु नयाँ डिजाइनका साथ नेपाल आएको छ । फेसलिफ्ट मोडलका रुपमा आएको नयाँ भेन्युलाई हुन्डाईले एक्सटेरियर र इन्टेरियर दुवै भागमा व्यापक परिमार्जन गरेर बजारमा ल्याएको हो । यो नयाँ एसयूभी पहिलेको तुलनामा थप स्पोर्टी, लक्जरियस र फिचर लोडेड भएर आएको छ ।

नयाँ भेन्यु नेपाल आएसँगै हामीले यसको १.२ लिटर पेट्रोल इन्जिनको एसएक्स भेरिएन्टलाई टेष्ट ड्राइभ गरेका छौ । टेष्ट ड्राइभका क्रममा यसको लुक्स तथा डिजाइन तारिफयोग्य रहेको पाइयो भने गाडीको क्याविन एकदमै आरामदायी र सुविधासम्पन्न महसुस गरियो । सन् २०१९ मै आएको पुरानो मोडललाई अपग्रेड गरिएको भएपनि यो नयाँ मोडलले विल्कुलै ब्रान्ड न्यु एसयूभीको फिल गराएको थियो ।