यस्तो छ नेपालमा हालै उपलब्ध चेरी टिग्गो फोरप्रो (भिडियो रिभ्यु)

चेरी टिग्गो फोरप्रो एसयूभी तीन भेरिएन्टमा उपलब्ध छ । यो १.५ लिटर नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लिटर टर्बोचार्ज्ड ९ स्पिड गियरबक्स सीभीटी इन्जिनमा उपलब्ध छ ।

नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट अर्थात ११५ पीएस र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लिटर टर्बोचार्ज्ड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट अर्थात १४७ पीएस तथा २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो फोरप्रोको प्रमाणित माइलेज १४.७ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको भनाइ छ ।

यी तीन भेरिएन्टको मूल्य क्रमशः ४६ लाख २० हजार, ५२ लाख ५० हजार ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।