भेस्पा अप्रिलियाको दसैं तिहार योजना, स्कुटरमा ५० हजार सम्म छुट

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बडा दसैं तथा तिहारलाई लक्षित गरि बडा दसैं तिहार योजना सार्बजनिक गरेको छ ।

भेस्पा अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको सो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् ।

१५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने बताएको छ ।

कोभिड–१९ को हालको महामारीको अवस्थामा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रालाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको दुगड ब्रदर्स एंन्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।


Subscribe Now