भेस्पा अप्रिलियाको बडादसैं तिहारको बडा अफरको म्याद मंसिर १५ सम्म थप

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बडा दसैं तथा तिहारलाई लक्षित गरि ल्याएको बडादसैं तिहारको बडा अफरको म्याद आगामी मंसिर १५ सम्म थप गरेको छ ।

दुगड ब्रदर्स एन्ड सन्सले ग्राहकको माग अनुसार स्कुटर उपलब्ध गराउन नसकिएकाले यसको म्याद थप गरिएको बताएको छ ।

भेस्पा अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको सो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् ।

१५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने बताएको छ ।

 


Subscribe Now