बिग्रिएको गाडी सडकबाटै उठाउने कि नयाँ गाडी भित्र्याउने ?

चलिरहेको राम्रो कन्डिसनको गाडी अचानक सडकमै बिग्रियो भने के होला ? यो भन्दा कठिन अवस्था सायद कुनै चालकले भोग्नु नपरेको हुन सक्छ । अझ यताउता कतै वर्कशप नै नभएमा के गर्ने ? यसका लागि अन्तिम विकल्प भनेको सो गाडी कुनै अर्को गाडीमा हालेर वा तानेर (टो गरेर) उपयुक्त वर्कशपमा पु-याउनु नै हो ।

यसरी गाडी तान्न वा बोक्नका लागि टोइङ सेवा उपलब्ध गराइरहेका विभिन्न कम्पनी मध्ये टोइङ नेपाल पनि एक हो । स्थापना कालको छोटो समयमै यसले चर्चा बढाइरहेको छ । अटोमोबाइल क्षेत्रमै कार्यरत दक्ष जनशक्तिद्वारा व्यावसायिक रुपमा सञ्चालित भएकाले पनि यसले बढी चर्चा पाएको आँकलन गर्न सकिन्छ ।

टोइङ नेपालले समस्यामा परेका गाडीलाई सुरक्षित, भरपर्दो र बिश्वासिलो सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक यस प्रकारको व्यावसायिक सेवा उपलब्ध गराइरहेको यसको सञ्चालक मध्ये एक इन्जिनियर प्रवेश पौडेलले बताए । उनका अनुसार यो कम्पनीले टोइङ सेवाका साथै पुराना गाडी तथा मोटरसाइकलको भ्यालुएसन र सर्भिसिङ गर्नु पर्ने सवारीसाधनका लागि ग्राहकले भनेकै लोकेशनमा चालक पठाएर पिकअप र ड्रपअप सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

चौबिसै घण्टा उपलब्ध हुने यो सेवा नेपालभर उपलब्ध छ । पछिल्लो समयमा वीरगन्ज, केरुङ, तातोपानी लगायतका सिमा नाकाबाट नेपालका विभिन्न स्थानमा नयाँ गाडी भित्र्याउने कार्यमा समेत टोइङ नेपालको संलग्नता रहदै आएको छ । नयाँ गाडी गुडाएर ल्याउदा कोरिने वा स्क्र्याच हुने समस्या आउने हुनाले गाडी आयातकर्ता कम्पनीहरुले गाडीमै राखेर नयाँ गाडी भित्र्याउने गरेको पाइन्छ । यस कार्यमा सहयोगी बनेको छ टोइङ नेपाल ।

पौडेल भन्छन, ‘कतिपय भिआईपी ग्राहकले भन्सार नाकासम्म आएको आफ्नो नयाँ गाडीमा पहिलो ड्राइभ गर्ने इच्छा समेत जाहेर गर्छन् । यस्तो अबस्थामा यो कम्पनीले नयाँ गाडीलाई सुरक्षित तवरबाट ग्राहकको लोकेशनसम्म पु¥याएर उनीहरुको चाहना पुरा गर्ने कार्य समेत गर्दै आइरहेको छ ।’

यसरी गाडी ओसार्नका लागि आवश्यक सहयोगी भूमिका खेल्ने कर्मचारीहरु पनि प्रशिक्षित रहेका छन् । इन्जिनियर पौडेलका अनुसार अटोमोबाइल एसोसिएसन अफ सिलोन श्रीलंकाबाट समेत प्रशिक्षित कर्मचारीहरु यसमा संलग्न छन् । सुरक्षालाई प्राथमिकता दिने र दर पनि उपयुक्त भएकाले टोइङ नेपाल धेरैको रोजाइ बन्दै गएको छ । गुगल रेटिङमा टोइङ नेपाललाई फाइभ स्टार रेटिङ प्रदान गरिएको छ ।

यसअघि परम्परागत तवरबाट पुराना ट्रकमा बोकेर उद्धार गरिने यस्ता गाडीलाई टोइङ नेपालले विशेष प्रकारबाट निर्माण गरिएको ट्रकमा व्यावसायिक टिमका साथ सुरक्षित तवरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ‘हामीले यो सेवा प्रदान गर्नका लागि दक्ष तथा अनुभवी ड्राइभर र स्टाफहरु खटाएका छौ’ पौडेलले भने – रेस्क्यु गर्नुपर्ने गाडीलाई मेसिनले तानेर ट्रकमा राखेपछि स्टाफले बलियोसँग बेल्टले बाध्छन र बिस्तारै ग्राहकले भनेको लोकेसनसम्म सुरक्षित तवरबाट पु¥याइदिन्छौ ।’

स्थापना कालको छोटो समयमै यसले चर्चा बढाइरहेको छ । अटोमोबाइल क्षेत्रमै कार्यरत दक्ष जनशक्तिद्वारा व्यावसायिक रुपमा सञ्चालित भएकाले पनि यसले बढी चर्चा पाएको आँकलन गर्न सकिन्छ ।

टोइङ नेपालले प्रदान गर्ने यस प्रकारको सेवा प्रभावकारी बन्दै गएपछि पछिल्लो समय विभिन्न अटोमोबाइल कम्पनी र अन्य सेवाग्रहीको चाप समेत बढ्न थालेको उनको भनाइ छ । यो सेवा लिनका लागि ग्राहकले ९८०२३०५०५० मा सम्पर्क गर्न सक्नेछन् । सेवा लिन र यसको वारेमा विस्तृत जानकारी लिनका लागि टोइङ नेपालको वेबसाइट हेर्न सकिन्छ । कार, एसयूभी र अन्य विभिन्न सवारीका लागि उपलब्ध भइरहेको सेवा अन्तर्गत कर्पोरेट डिस्काउन्ट समेत रहेको छ ।

टोइङ नेपालले ब्यावसाय संचालनको साथसाथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । कम्पनीले व्यावसायबाट आर्जन भएको मुनाफाबाट हरेक बर्ष १० प्रतिशत रकम सडक दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका व्यक्तिको उपचारमा खर्च गर्दै आइरहेको छ । साथै कुनै पनि गाडी बिग्रिएको र दुर्घटनामा परेको जानकारी प्राप्त हुने बित्तिकै यसो हुनुका पछाडि के–के कारणहरु हुन सक्छन भनेर विस्तृत रिपोर्ट नै तयार गर्ने गरेको पौडेलले बताए ।

यसरी रिपोर्ट बनाउँदा नेपालमा के कस्ता गाडीहरु आयात भैरहेका छन्, कुन ठाउमा बढी दुर्घटना भएको छ र कस्ता प्रकारका दुर्घटना बढीमात्रामा भएका छन् भन्ने बिषयमा केन्द्रित हुने हुँदा आफूहरुले तयार पार्ने रिपोर्ट प्रभावकारी हुने उनको जिकिर छ । यसरी तयार पारिएको रिपोर्टलाई रोड सेफ्टीका क्षेत्रमा काम गर्ने संघसंस्थाले प्रयोग गर्न चाहेको खण्डमा निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । नेपालमा भेइकल सेफ्टी, रोड सेफ्टी र रोड साइड एसिस्टेन्सका क्षेत्रमा आफूहरुले नयाँ सोचाइका साथ काम गर्ने योजना बनाएका कारण भबिष्यमा टोइङ नेपालको व्यावसायिक सफलताले थप उचाई चुम्ने उनको ठहर छ ।

सम्बन्धित समाचारहरू

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

चन्द्रागिरिमा कार रेस प्रतियोगिता सम्पन्न, यी भए विजेता (फोटोफिचर)

चन्द्रागिरिमा कार रेस प्रतियोगिता सम्पन्न, यी भए विजेता (फोटोफिचर)

नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण...

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...