tvs-race

बिश्वका अधिकांश राष्ट्रले निजी सवारीलाई आबश्यकता मानिरहेको सन्दर्भमा नेपालमा भने अझै पनि निजी सावरी प्रयोग गर्नु भनेको बिलासी बन्नु हो भन्ने मान्यता छ । सोही मान्यताकै कारण बिश्वमै नभएको उच्च दरको कर लगाएर सवारीसाधनको बजार निस्तेज गर्न खोजिएको छ ।

तथापि नेपालमा सवारीसाधनको बजार भने बृद्धि भैरहेको आयातको तथ्यांक र ब्रान्डको उपस्थितिले देखाएको छ । हाल नेपाली बजारमा बिश्वका प्रतिष्ठित र महंगा मानिने ब्रान्डका गाडीहरु समेत आयात भइरहेका छन् । यसरी आयात हुने गाडीको मूल्य सस्तोमा १९ लाख देखि महंगोमा ४ करोड ६५ लाख रुपैयाँसम्म पर्छ ।

नेपालमा आयात हुने सबैभन्दा सस्तो कार सुजुकी अल्टो ८०० हो । जसको मुल्य १९ लाख रुपैया तोकिएको छ भने टोयोटा ल्यान्ड क्रुजर भिएक्स–आर सबैभन्दा महंगो गाडी हो । ४५ सय सीसी क्षमताको यो एसयूभीको मूल्य नेपाली बजारमा ४ करोड ६५ लाख रुपैयाँ तोकिएको छ ।

यस्ता छन् करोड माथिका गाडी
नेपाली बजारमा कारोबार हुने करोडमाथि क्लबमा प्रायः टोयोटाका गाडी बढी छन् । टोयोटाका एक दर्जन बढी मोडलका गाडीको मूल्य करोडमाथि कायम गरिएको छ । यो क्लबमा सूचीकृत सबैभन्दा सस्तो मोडल ¥याभ फोर एमटी (म्यानुअल ट्रान्समिसन) मोडलको मूल्य १ करोड १५ लाख रुपैयाँ पर्छ । त्यसैगरी ¥याभ फोर एटी (अटोमेटिक ट्रान्समिसन) मोडलको मूल्य १ करोड ९० लाख र हालसालै भित्रिएको ¥याभ फोर हाइब्रिडको १ करोड ९२ लाख रुपैयाँ पर्छ ।

प्राडो सिरिजमा टोयोटाका ३ वटा मोडल उपलव्ध छन् । ती गाडीको मूल्य २ करोड ६२ लाख, २ करोड ६४ लाख र ३ करोड २० लाख पर्छ । सबैभन्दा महंगो ल्यान्ड क्रुजरका २ वटा मोडल उपलव्ध छन् । जसमध्ये सस्तो मोडलको मूल्य २ करोड ५० लाख र महंगो मोडल भिएक्स–आरको मूल्य ४ करोड ६५ लाख रुपैयाँ पर्छ । त्यसैगरी हाइलक्स पिकअपको मूल्य समेत १ करोड ५ लाख रुपैयाँ पर्छ ।

Motorhead

जर्मन ब्रान्ड फक्सवागनका २ वटा एसयूभीको मूल्य समेत करोडमाथि छ । टिग्वान टीएल मोडलको मूल्य १ करोड १८ लाख र एचएल मोडलको १ करोड ५८ लाख रुपैयाँ पर्छ । फ्रेन्च ब्रान्ड पुजोको ६ वटा मोडलको मूल्य करोडमाथि पर्छ । जसमध्ये सबैभन्दा सस्तो मोडलको मूल्य १ करोड २५ लाख र महंगो मोडलको १ करोड ४५ लाख रुपैयाँ पर्छ ।

होन्डा सीआरभीको मूल्य १ करोड ३३ लाख र १ करोड ४० लाख रुपैयाँ पर्छ । यो क्लबमा हुन्डाइको एउटामात्र गाडी समाबेश छ । कोरियाबाट आयात हुने सन्टाफे एसयूभीको मूल्य १ करोड ४५ लाख ९६ हजार पर्छ । स्कोडा सुपर्ब र कोड्याक मोडलको मूल्य समेत करोडमाथि पर्छ । यी गाडीको मूल्य क्रमशः १ करोड २३ लाख र १ करोड ५२ लाख रुपैयाँ पर्छ ।

यी बाहेक बजारमा मर्सिडिज बेन्ज, ल्यान्ड रोभर, ज्यागुअर, बिएमडब्लु, टेस्ला, निशान र फोर्डका गाडी समेत यो क्लबमा पर्छन् ।