tvs-race

राजधानीको सतुंगल, गुर्जुधारामा मुख्य सडकदेखि नजिकै रहेको भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर ड्राइभिङ लाइसेन्स लिनका लागि उपयुक्त प्रशिक्षण स्थलको रुपमा परिचित छ । सतुंगल क्षेत्रकै युवाहरु मिलेर स्थापना गरिएको सो सेन्टर ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यातायात व्यवस्था कार्यालय सानो भ-याङ अन्तर्गत लिइने लाइसेन्सको ट्रायल परीक्षा समेत यही हुने भएकाले समेत उक्त सेन्टर निकै नै लोकप्रिय छ । यहाँ दुई पांग्रे बाइक र स्कुटरका साथै चार पांग्रे कार, जिप आदि सवारी साधन र ठूला बसहरुको ड्राइभिङका लागि समेत लाइसेन्स ट्रायल सिकाइन्छ । चारैतिर हेर्दा रमणीय दृश्य देखिने र ठूलो क्षेत्रफलमा फैलिएकाले धेरै प्रशिक्षार्थीहरुको रोजाई बनेको छ भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर ।

हाल लकडाउन केही खुकुलो भएको समयमा पनि सुरक्षाका विशेष तरिका अपनाएर थोरै मात्रामा ड्राइभिङ लाइसेन्सका लागि आवश्यक प्रशिक्षण प्रदान गर्ने कार्य भइरहेको छ । यद्यपि यसलाई पूर्ण रुपमा संचालन गर्नका लागि भने परिस्थितिको आकलन गरी सरकारी निकायको अनुमति पर्खिनु पर्ने अवस्था छ ।

लामो समय देखि ड्राइभिङ पेशामा लागेका प्रशिक्षकहरुबाट ड्राइभिङ सिकाइने गरेको र यहाँ ड्राइभिङ सिकेकाहरु मध्ये अधिकांशले ड्राइभिङ लाइसेन्स प्राप्त गर्न सफल भएको संचालक रामनारायण घिमिरे बताउँछन् ।

अन्य देशमा निजी क्षेत्रले समेत लाइसेन्सका लागि सिफारिस गर्ने व्यवस्था भएको उदाहरण प्रस्तुत गर्दै उनले आवश्यक निरीक्षणको व्यवस्था गरी सरकारले यस्ता प्रशिक्षण केन्द्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

Motorhead

नेपाल सरकारले लिने ट्रायल परीक्षा समेत यहाँ हुने गरेको बताउदै प्रबन्ध निर्देशक माधव प्रसाद अधिकारीले प्रशिक्षार्थीहरु खुसी हुनु नै आफूहरुको गुडविल भएको बताए । उनले दुई पांग्रे सवारीका २०१८ भन्दा माथिल्लो मोडलका लागि करिव १५ बाइक र १५ स्कुटर तथा चार पांग्रे सवारीका लागि करिव १० गाडीहरु र हेभीका लागि २००९ भन्दा माथिल्लो मोडलका दुई बस प्रशिक्षार्थीका लागि तयारी अवस्थामा राखिएको बताए ।

यहाँबाट उत्पादन भएका जनशक्तिले राष्ट्रिय रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा समेत योगदान पु¥याउन सकुन् भन्ने उद्देश्यका साथ भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर स्थापना गरेको यातायात विज्ञ देवेन्द्र प्रधान बताउछन् । बैंकहरुको बैंक नेपाल राष्ट्र बैंक भए जस्तै ड्राइभिङ स्कुलहरुको पनि स्कुल हुनु पर्ने उनको धारणा छ । आगामी दिनमा भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरलाई त्यही तह सम्म विस्तार गर्ने योजना भएको प्रधानले बताए ।

सडक दुर्घटना न्यूनीकरण गर्नका लागि समेत ड्राइभिङ स्कुलहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरको कार्यलाई सराहनिय मान्न सकिन्छ ।