tvs-race

काठमाडौं – यूएम बाइकले आफ्ना ग्राहकका लागि ‘अफरोड राइड टु चिसापानी’ गराएको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले आफ्ना यूएम डिएसआर बाइक चालकलाई सो अफरोड राइड गराएको हो ।

सो कार्यक्रम आफ्ना ग्राहकलाई मनोरन्जन तथा नयाँ अनुभव दिलाउनका लागि आयोजना गरिएको कम्पनीले बताएको छ ।
शनिबार सम्पन्न उक्त राइड जमलमा रहेको यूएम बाइक सोरुमबाट प्रारम्भ भएको थियो । सो राइड सुन्दरीजल हुँदै चिसापानी पुगेर सोही रुटबाट फिर्ता भएको थियो ।

उक्त राइडमा सहभागी यूएम डीएसआर बाइक धनीहरुलाई फ्युल तथा लन्च पनि आयोजकले उपलब्ध गराएको थियो ।
आफ्ना ग्राहकसँगको सम्बन्ध नजिक राख्न तथा ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्नका लागि यस्तो राइड आयोजना समय समयमा गर्दै आएको कम्पनीले बताएको छ ।

यूएम डिएसआर बाइक अफरोड र सबै प्रकारको सडकका लागि उपयुक्त छ भन्ने सन्देश दिन सो राइड कार्यक्रम सफल भएको कम्पनीले बताएको छ ।

Motorhead