झापामा टु ह्विलर एक्सपो तथा मोटोक्रस च्याम्पियन सिरिज हुने

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं – पूर्वी नेपालको झापामा आगामी फागुन १० गते टु ह्विलर एक्सपो तथा मोटोक्रस नेपाल च्याम्पियन सिरिज २०२१ राउन्ड १ हुने भएको छ ।

झापाको विर्तामोडस्थित डोमलाल राजवंशी स्टेडियममा हुने सो इभेन्टको आयोजक मोटर स्पोर्ट्स नेपाल, झापा ११ र काठमाडौं लिजेन्ड्स रहेका छन् । इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) समेतको सहयोग रहने छ ।

फागुन ७ र ८ गते मोटोक्रसका लागि आवश्यक ट्रायल समेत यहाँ हुनेछ । त्यसैगरी फागुन १० गते राउन्ड १ अन्तर्गतको अन्तिम कार्यक्रम हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए । देशका अन्य सहरमा समेत विभिन्न राउन्डको कार्यक्रम गरेर मोटोक्रसको फाइनल प्रतिस्पर्धा काठमाडौंमा आयोजना गरिने उनले बताए । मोटोक्रसमा विभिन्न बाइक राइडरहरुले प्रतिस्पर्धा गर्ने छन् ।

सोही समयमा हुने टु ह्विलर एक्सपोमा विभिन्न कम्पनीका बाइकका साथै लुब्रिकेन्ट र सेफ्टी गियरको प्रदर्शनी हुनेछ ।

सो कार्यक्रममा भाग लिन चाहने राइडर र कार्यक्रमको प्रायोजन गर्न चाहने कम्पनीहरुले motorsportsnepal@gmail.com मा इमेल गरी सम्पर्क गर्न सकिने बताइएको छ ।


Subscribe Now