यस्ता छन् नेपाली बजारमा सर्बाधिक बिक्री हुने २ उत्कृष्ट सेडान (मूल्य र फिचर  सहित)

ISUZU

thee-go
yamaha-nepal
tvs-race

सेडान सेग्मेन्टका कार लक्जरियस फिचर्सका कारण चर्चित मानिन्छन् । तर, यही सेग्मेन्टका कारको बजार भने पछिल्लो समय नेपालमा खासै बिस्तार हुन सकिरहेको छैन । एसयूभी सेग्मेन्टको बढ्दो प्रभावका कारण सेडान कार ओझेलमा परेको हो ।

अन्य सेग्मेन्टको तुलनामा खासै बजार लिन नसकेपनि केही यस्ता कार पारखीहरु पनि छन् जो सेडान बाहेक अन्य कार प्रयोग गर्न रुचाउँदैनन् । सेडानमा सयर गर्ने बानी परेका ग्राहकलाई अन्य सेग्मेन्टले सन्तुष्टि नदिने हुँदा पनि नेपाली बजारमा सेडानको क्रेज कायमै छ ।

सेडान सेग्मेन्टमा पछिल्लो समय स्कोडा अग्रस्थानमा आएको छ । स्कोडा ¥यापिडलाई पछ्याउँदै हुन्डाई अउराले यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने कारको सूचीमा दोस्रो स्थान हासिल गरेको छ । चालु आर्थिक बर्षको ६ महिना यताको आयात तथ्यांकलाई अध्ययन गर्दा यो अवधिमा स्कोडा -यापिड ७६ र हुन्डाई अउरा ५० युनिट आयात भएको देखाउँछ ।

यी दुबै कार अत्याधुनिक फिचर्स र आरामदायी बिशेषताका कारण लोकप्रिय बनेका हुन् । स्कोडालाई एमएडब्लु इन्टरप्राइजेज र हुन्डाईलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कारोबार गर्दै आइरहेका छन्

स्कोडा -यापिड


स्कोडा -यापिडमा यसअघि सुपर्ब र अक्टाभिया जस्ता प्रिमियम मोडेलमा प्रयोग गरिएको टीएसआई इन्जिन जडान गरिएको छ । १ हजार सीसी इन्जिन क्षमताको यो कारले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ सेग्मेन्ट अन्तर्गत पर्छन् । यो कारले १८.९७ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ ।

-यापिड पावर, कम्फर्ट र भ्यालु फर मनीका कारण लोकप्रिय बनिरहेको छ । कम्फर्टलाई प्राथमिकतामा राख्दै -यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक जडान गरिएको छ । साथै, नयाँ -यापिडका सबै भेरिएन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङ’ उपलब्ध छ ।

Motorhead

सुरक्षाका प्रायः सबैजसो मापदण्ड पुरा गरिएको यो कारमा ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर उपलब्ध गराइएको छ ।

स्कोडा ¥यापिड टीएसआई म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध यो कार म्यानुअल ट्रान्समिसनको मूल्य ३५ लाख ९० हजार देखि ५१ लाख ९० हजार रुपैयाँ सम्म र अटोमेटिक ट्रान्समिसनको मूल्य ४४ लाख ९० हजार देखि ५८ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

हुन्डाई अउरा


हुन्डाईको उत्कृष्ट डिजाईन ’सेन्सियस स्पोर्टनेस’ मा आधारित भई निर्माण गरिएको अउरा एक प्रिमियम सेडान हो । अउराको उत्कृष्ट ड्राइभिङ परफर्मेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नुको साथै यस कारले विभिन्न कुशल र उन्नत पावरट्रेनको छनोट समेत प्रदान गर्दछ । १.२ लिटर कप्पा ड्युअल भीटीभीटी पेट्रोल इन्जिनले ८३ पीएस पावर र ११.६ केजीएम टर्क जेनेरेट गर्छ । यो कारले प्रतिलिटर इन्धनको खपतमा १५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

हुन्डाई अउरा एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टिल एप्लिकेसन भएको गाडी हो जसले उच्च शक्तिसँग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एप्लिकेसनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ । साथै उन्नत सुरक्षा प्रणालीको साथ कम एनभीएच र सुपेरियर ह्यान्डलिङ प्रदान गर्दछ । यसमा फ्रन्ट ड्युअल एयरब्याग, ईबीडी सहितको एन्टी लक ब्रेकिङ सिष्टम (एबीएस), रियर पार्किङ सेन्सर र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुरक्षा फिचर्स पनि उपलब्ध छन् ।

नेपाली बजारमा एस भेरिएन्टमा मात्र उपलब्ध रहँदै आएको यो कार विभिन्न चार कलर भेरिएन्टमा उपलव्ध छ । यसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।


Subscribe Now