चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

ISUZU

thee-go
yamaha-nepal
tvs-race

काठमाडौं– चोरीका मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको हो ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आइतबार गौशाला क्षेत्रबाट सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका वडा नं. ९ घर भई हाल साँखु २५ वर्षीय रुद्र बहादुर श्रेष्ठले वास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ ।

भक्तपुर नगरपालिका वडा नं ४ का सुमन सुवालको वास्तविक नम्बर बा ९४ प ९३३८ भएको रातो कालो रङको २२० सीसीको पल्सर मोटरसाइकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि महाशाखामा निवेदन दिएका थिए ।

Motorhead

हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यो आर्थिक वर्ष ०७७÷०७८ मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १ सय ४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।


Subscribe Now