भ्यालेन्टाइन डेमा नेपाली बजारमा लन्च हुँदैछ टीभीएस एनटर्क सुपर स्क्वाड एडिसन

काठमाडौं – टीभीएसको नयाँ स्कुटर एनटर्क सुपर स्क्वाड एडिसन भ्यालेन्टाइन डे अर्थात फेब्रुअरी १४ का दिन नेपाली बजारमा लन्च हुँदैछ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो स्कुटर सिभिल मलमा एक कार्यक्रमका बीच लन्च गरिने बताएको छ ।

टीभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले सो स्कुटर लन्च गर्ने छन् । सो अवसरमा स्वप्न सुमनले म्युजिकल पर्फमेन्स गर्ने छन् ।

नेपाली बजारमा सो स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ हुने बताइएको छ ।

एभेन्जर इन्सपायर ग्राफिक्सको साथमा तीन नयाँ कलर अप्सनमा यो स्कुटर उपलब्ध छ । कलर बाहेक अन्य मेकानिकल पाटर्समा कुनै परिवर्तन नगरिएको एनटर्क सुपर स्क्वाड एडिसनमा कनेक्ट फिचर भने अझै परिस्कृत बनाइएको छ । यसमा रहेको कनेक्ट फिचर स्पेसिफिक्स क्यारेक्टरमा आधारित रहेर कष्टमाइज गरिएको छ । यसले युवाहरुलाई आकर्षण गर्ने बताइएको छ ।

टीभीएस एनटर्क रेस एडिसनको सफलता पश्चात सुपर स्क्वाड एडिसन टीभीएसले बजारमा ल्याएको हो । अब नेपाली बजारमा टीभीएस एनटर्कको सुपर स्क्वाडका साथै पहिले देखि नै उपलब्ध एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन र एनटर्क रेस एडिसन एफआई मोडलका स्कुटर उपलब्ध छन् ।

नयाँ सुपर स्क्वाड एडिसनका साथै अन्य बाइक वा स्कुटरका लागि यो लिंकमा लगअन गरेर बुकिङ गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस एबीएस र एफआई सहित नेपाल आए टीभीएसका बाइक, एनटर्क अब सुपर स्क्वाड एडिसनमा

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...