tvs-race

टु ह्विलर अर्थात बाइक र स्कुटर सम्बन्धी प्रशिक्षण संचालन गर्दै आएको स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टरमा असार २९ देखि प्रशिक्षण सुचारु भएको छ ।

हाल नेपालको अर्थतन्त्रको स्थितिलाई मध्यनजर गरी साउन १ बाट सो प्रशिक्षण केन्दको प्रमुख ३ वटा कोर्सहरु प्रिलिमिनरी, बिगिनर्स र डिफेन्सिभमा २५ प्रतिशत छुटको ब्यबस्था गरिने बताइएको छ ।

हाल लकडाउनको अवस्थामा पनि पनि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको कोरोनाबाट सुरक्षित रहन पालगना गर्नु पर्ने निर्देशिका अनुसार प्रशिक्षण संचालन भइरहेको बताइएको छ । हालको अवस्थामा प्रशिक्षार्थीहरुको सुरक्षाको ख्याल गरी राइडिङ गियर, स्यानिटाइजर, हेल्मेट, पन्जा, मास्क आदि सुरक्षा संयन्त्रको प्रयोग गरी प्रशिक्षण गराइरहेको सेफ्टी राइडिङ प्रशिक्षक विदिस पोखरेलले बताए ।

स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर अन्तर्राष्ट्रिय स्तरको एक मात्र ठूलो तालिम केन्द्र हो, जसमा अन्तर्राष्ट्रिय तालिम प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराई रहेका छन् । यहाँ महिला प्रशिक्षार्थीका लागि महिला प्रशिक्षकले नै तालिम दिने व्यवस्था रहेको छ ।

ट्रेनिङ सेन्टरले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न विद्यालय र कलेजका विद्यार्थी, नेपाल पुलिस भीभीआईपी स्कर्टिङ टिम, नाडा अटो शोका भिजिटर आदिलाई निःशुल्क प्रशिक्षण पनि दिदै आएको छ ।

स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टरले सवारी चलाउदा अपनाउनुपर्ने सुरक्षा सम्बन्धी ९ वटा कोर्षहरु गराइरहेको छ जसमा प्रयोगात्मक र सैद्धान्तिक कक्षा, राइडिङ ट्रेनरबाट भर्चुअल कक्षा र दिनको २ घण्टा प्रशिक्षण गराउदै आइरहेको छ ।

यसबाट प्रशिक्षार्थीहरुलाई सवारी चलाउने क्षमताको विकास गर्न, सडकमा आइपर्ने खतराहरुको पूर्वानुमान गर्न, आत्मविश्वासका साथ सवारी चलाउनको लागि धेरै मद्दत गर्दछ ।

Motorhead

ट्रेनिङ सेन्टरले नेपाली लाइसेन्सको ट्रायल परीक्षा पास गर्न सोही अनुरुपको ट्रायल कोर्षको पनि प्रशिक्षण दिदै आइरहेको छ । यस अन्तर्गत आधा घण्टा, १ घण्टा र २ घण्टाको फरम्याटले कम समयको प्रशिक्षण लिन चाहने प्रशिक्षार्थीहरुलाई समाबेस गराइन्छ ।

सेन्टरमा अरु प्रशिक्षण केन्द्रले भन्दा भिन्न प्रकारले प्रशिक्षण गराउने भएकोले यहाँ प्रशिक्षण गर्ने प्रशिक्षार्थीहरु सेवा प्रति ९९.९९ प्रतिशत सन्तुष्ट रहेको पोखरेल दावी गर्छन् । यहाँ प्रशिक्षित मध्ये ९७.५ प्रतिशतले सवारी चालक अनुमति पत्र लिइसकेको बताइएको छ ।

दुई पांग्रे सवारी प्रशिक्षण केन्द्र मध्ये सबैभन्दा कम शुल्क लिई अन्तर्राष्ट्रिय स्तरको सवारी तालिम सुबिधा दिदै आइरहेको छ ।

नेपालमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले संचालन गरेको अन्तर्राष्ट्रिय स्तरको सो सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर ललितपुरको ग्वार्कोमा अवस्थित छ ।