अब सडकमा ट्राफिक सर्भिलेन्स भेइकल, ५३ टाफिक प्रहरी सम्मानित

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – ट्राफिक कारवाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक महाशाखाले सम्मान तथा पुरस्कृत गरेको छ ।

पछिल्लो समय ट्राफिक कारवाहीमा परी ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारवाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले आइतबारदेखि ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गरेको हो ।

माइक्रो बस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटरसम्मको दृश्यलाइ कैद गर्न सक्ने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ‘पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेमा भ्यानले बढी निगरानी गर्नेछ,’ उनले भने, ‘भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने गरी जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा गरिएको छ ।’

ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा प्रसनि देबिराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रह शंकर वन सन्यासी, प्रह बिनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदार प्रसाद भण्डारी, प्रज नैन सिंह राना, प्रज रविन घिमिरे, प्रज धनन्जय सिंह रावत (डाँगा), प्रज मिना कुमारी आचार्य, प्रज निरज थापा, प्रज केशब बिष्ट, प्रज रमेश सिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेश कुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रज ईश्वर पछाई र प्रज सन्दिप कुमार यादव रहेका छन् ।


Subscribe Now