Apache Race Track Experience

काठमाडौं – ट्राफिक प्रहरीले हिजो शुक्रबार काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाँकेका १ सय ४० चालकलाई कारबाही गरेको छ ।

त्यसैगरी हर्न बजाएर ट्राफिक नियम उल्लंघन गरेका १ सय २४ चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार १ हजार ४ सय ७१ सवारीसाधन तथा चालक ट्राफिक कारबाहीमा परेका थिए। विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ती सवारीसाधन र चालक कारबाहीमा परेका हुन्।

त्यसैगरी लेन अनुशासन मिच्ने १ सय ७ चालक पनि कारबाहीमा परेका छन्। फुटपाथमा पार्किङ गरेका १ सय १५, भाडाका कार (ट्याक्सी) २३, ह्वील लक ३४, टिपर १०, जेब्रा क्रसिङमाथि सवारी रोक्ने १४ र अन्य ८ सय २१ कारबाही गरिएको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा शुक्रबार २८ सवारी दुर्घटना हुँदा १५ जना घाइते भएको महाशाखाले जनाएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको महाशाखाले जनाएको छ।

हिजो शुक्रबार उपत्यकामा ९ हजार २ सय ९८ सवारी प्रवेश गरेका थिए भने ९ हजार १ सय ४९ बाहिरिएका थिए।