टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

काठमाडौं - टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले वैशाख ८ गते टोयोटा वुमन्स मोटर -याली सम्पन्न गरेको  छ । सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स -यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्। टोयोटा वुमन्स -यालीमा ५५ सहभागी थिए।

शाक्यले टोयोटा नेपालको तर्फबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफी प्राप्त गरिन्। यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन्। तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन्।

काठमाडौंको धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको -याली आयोजना गरिएको थियो। यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो बुमेन्स -यालीले समय, गति र सुरक्षाको पाटोमा उपलब्धि हासिल गरेको बताउँछिन्। ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो -याली फलदायी भएको अनुभव उनले गरेकी छन्। उनी भन्छिन्, ‘हामीले ५० जनालाई मात्रै गर्ने भनेकोमा धेरै उत्सुकता भएर सहभागी जनाउन खोजेकाले ५५ जना पुगे। यो प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन। कसले नियम पालना गर्छ ? कसले समय र गति अनि सुरक्षालाई ध्यान दिन्छ ? यसलाई मूल्यांकन गरिएको हो।’

प्रबन्ध निर्देशक वैद्यका अनुसार यसबाट मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास पनि जगाउन खोजिएको हो । यसले महिलाको निर्णय गर्ने क्षमता पनि विकास गर्ने उनको भनाइ छ। यो -याली प्रदर्शनले आगामी दिनमा निरन्तरता दिन प्रोत्साहन दिएको उनले बताइन्।

अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो -यालीमा दोस्रोपटक सहभागी भएकी छन्। महिला चालकलाई प्रायः सजग भएर नचलाउने भन्ने बुझाई भएकाले यो -यालीले यस्तो सोचलाई चिर्ने र महिलालाई उत्प्रेरणा जगाएको बताउँछिन् सहभागी सरिता श्री ज्ञवाली। हाल राजनीतिमा संलग्न उनी सडक सुरक्षालाई अपनाउँदै आएको बताउँछिन्। २४ वर्षदेखि कार चलाउँदै आएकी उनी भन्छिन्, ‘यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा दिन्छ। ड्राइभिङ भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश यसले पनि दिएको छ।’

सामाजिक सञ्जालमा बुमन्स -यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको बताउँछिन् २३ वर्षीया मौनतारानी गौतम। सफ्टवेयर इञ्जिनियर गौतम यो -यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको बताउँछिन्। ‘साथमा सडक सुरक्षाबारे ज्ञान र आत्मविश्वास बढायो। यसले विस्तारै सडकमा महिला चालक पनि बढेका छन है भनेर सन्देश पनि गएको छ ,’ गौतमले भनिन्।

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्फत उत्पादन प्रदर्शन गरियो।

२० वर्षअघि नेपालमा टोयोटाले बुमन्स -याली सुरु गरेको थियो। सन् २००४ बाट -याली सुरु गरेको टोयोटाको वुमन्स -यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ।

सम्बन्धित समाचारहरू

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा...

डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य

डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि उपलब्ध...

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुम, यस्ता सवारी साधन उपलब्ध हुने

सुर्खेतमा खुल्यो टोयोटाको नयाँ शोरुम, यस्ता सवारी साधन उपलब्ध हुने

सुर्खेत – नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...